Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

धोविनपुरमा जारी ज्ञान महायज्ञ आज छैठौ दिन पनि धुमधामका साथ चल्दै : दानवीरदाताहरु बढ्दै

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  • बर्दिया राजापुर नगरपालिका ८ नं. वडा स्थित भेरी माध्यामिक बिद्यालय धोविनपुरमा जारी शैक्षिक,धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञको छैठौ दिन महायज्ञ धुमधामका साथ चलिरहेको छ ।
    मंसीर १ गते देखि सुरुभएको महायज्ञमा दानवीरदाताहरु पनि बढ्दै गएका छन् । महायज्ञको छौठौ दिन शुक्रवारसम्मकै उत्कृष्ठ दाताको रुपमा राजापुर न.पा. बडा नं ८ का नरवहादुर बोहोरा र पदम बोहोराले ५ लाख ११ हजार १ सय दान गर्नु भएको छ ।

    यो समाचार तयार पार्दा सम्म दानवीरदाताहरुबाट बोल कबोल र नगदगरी झण्डै ३५ लाख भन्दा बढि आर्थिक संकलन भएको महायज्ञ सचिवालयले जनाएको छ । तर सचिवालयले आधिकारीक तथ्य भने सार्वजनिक गरेको छैन ।


    ADVERTISEMENT

    images

    शुक्रवार अपरान्ह ४ बजे सम्ममा मात्रै झण्डै ९ लाख रुपैयाँ आर्थिक संकलन भएको समितिले जनाएको छ ।

    श्री भेरी मा.वि.मा प्राविधिक शिक्षा संचालन तथा विद्यालयको स्तरउन्नतका लागि आयोजना गरिएको महायज्ञमा तुलादान,अन्नदान लगायतका कार्यहरु दानवीरदाताहरुबाट भैरहेको समितिले जनाएको छ । महायज्ञ संचालन पश्चात स्थानीय क्षेत्रमा एक किसिमको रौनक पनि छाएको छ । श्रद्धालुभक्तजनहरु महायज्ञमा भईरहेको प्रवचन र साँस्कृतिक प्रस्तुतिमा मोहित भएका छन् ।

    महायज्ञले विद्यालयमा प्राविधिक शिक्षा संचालनका लागि सबै वर्ग,व्यक्ति र समुदायबाट ठुलो आर्थिक सहयोगको अपेक्षा गरेको महायज्ञका मूल संयोजक चिन्तामणि आचार्यले बताउनु भयो ।

    भौराटापु क्षेत्रमा कृषी,जेटिए र भेटेनरी बिषयको पढाई सुरु भएतापनी ३ बर्षे शिभिल ओभरसियर कोर्स संचालन नभएको हुँदा यसको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकाको भविष्य निर्माण गर्नु यस क्षेत्रका बासिन्दाको जिम्मेवारी भएकाले आर्थिक संकलन गर्नका लागी महायज्ञको आयोजना गरिएको महायज्ञका महासचिव तथा सोही विद्यालयका प्राधानाध्यापक महादेव प्रसाद चौधरीले बताउनु भयो ।

    महायज्ञ समापन हुने दिन नजिकिदैं गर्दा भक्तजन तथा दानवीरदाताहरुको संख्या पनि बढ्दै गएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij