Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जन्मदिन मनाउने फरक शैली : मृगाैला रोगबाट पिडीत टेकबहादुर लाई आर्थिक सहयोग गरेर मनाए कांग्रेस नेता रेग्मीले आफ्नो जन्मदिन

  • बर्दिया टुडे
  • 5.6K
    SHARES
  • बर्दिया कांग्रेसका  नेता कमलप्रसाद रेग्मीले आफ्नो जन्मदिन फरक शैलीवाट मनाउनु भएको छ । ।

    बर्दियाको गेरूवा गाउँपालिका ४ गोला निवासी नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य समेत रहेका रेग्मीले मृगौला रोगबाट पिडीतलाई जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन मनाउनु भएको हो ।


    ADVERTISEMENT

    images

    जुझारु तथा युवा नेतृत्व,  समाजसेवी  रेग्मीले आज शनिवार परेको जन्मदिनको अवसरमा  मिर्गौला रोगबाट पिडीत गेरूवा गाउँपालिकाका ४  का टेक बहादुर वि क लाई पाँच हजार पाँच सय पच्पन्न रूपैया आर्थिक  सहयोग गर्नु भएको छ।

    उहाँले  राष्ट्रिय बाणिज्य बैङ्क गुलरिया बर्दियामा रहेकाे पिडीत वि‍ क की आमाकाे खाता न‌ं ४१४००३८७०८१० मा रकम जम्मा गर्नु भएकाे

    हाे  ।

     

    बर्दियाको राजनैतिक,आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेको रेग्मीको सो सहयोगको सबैले मुक्त कण्ठले प्रशंसा गरेका छन्।

    अस्कल क्याम्पस  इकाई अध्यक्ष, नेविसंघ बर्दियाको अध्यक्ष हुँदै हाल नेपाली कांग्रेसको जिल्ला सदस्य,पदमा रही राजनैतिक क्षेत्रमा निरन्तर क्रियाशील रेग्मीले सामाजिक काम पनि  गर्दै आउनु भएको छ । सहयोग गरिएको रकम त्यति ठूलो नभए पनि यसले पिडित लाई केही राहत पुर्‍याउने उहाँको विश्वास छ ।

    मृगौला रोगवाट पिडित वि. क.को काठमाडौमा उपचार भैरहेको छ ।

    जन्मदिनमा हुने फजुल खर्चलाई यसरी सामाजिक काममा लगाउनु उदाहरणीय कार्य भएको भन्दै नेपाली कांग्रेस बर्दियाका महासमिति सदस्य तेज बहादुर भाटले रेग्मीको  यस कार्यको प्रशंसा गर्नु भयो । 

    नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष प्राध्यापक  राजेन्द्र प्रसाद धितालले जन्मदिनको अवसरमा फजुल खर्च नगरी गरीब, विपन्नलाई आर्थिक सहयोग गर्ने रेग्मीको कामबाट अरूले पनि प्रेरणा लिनु पर्ने बताउनु भयो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij