भौंरा टप्पा क्षेत्रका किसानले मकवानपुर धानको उचित मूल्य पाउन सकेका छैनन् ।
खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि.को. राजापुर स्थित आधुनिक चामल कारखानाले मकवानपुर धान खरिद नगर्दा उचित मूल्य मूल्य पाउन नसकेका हुन ।
जिल्ला स्थित मुल्य निर्धारण समितिले निर्धारण गरे बमोजिमको मूलयमा खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि.को. राजापुर स्थित आधुनिक चामल कारखानाले मकवानपुर धान खरिद नगर्दा भौंरा टप्पा क्षेत्रका किसानहरु ब्यापारीहरुकै सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन ।
आर्थिक वर्ष २०७६र ७७ का लागि सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा तोके पछी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा कार्तिक २८ गते बसेको मुल्य निर्धारण समितिको बैठकले खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि.को. राजापुर बाँकी ३ पेजमा स्थित आधुनिक चामल कारखानाले खरिद गर्नेगरी मोटा धान प्रति क्विन्टल २ हजाई ५ सय ३२ रुपैया ८० पैसा र मकवानपुर धानको २ हजार ७ सय निर्धारण गरेको थियो ।
मूल्य निर्धारण भए लगत्तै मोटा धान खरीद कार्य शुरु गरेको खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि. राजापुरले मकवानपुर धान केही दिन पछि खरीद हुने भने पनि हाल सम्म सुरु गरेको छैन ।
बर्दियामा राजापुर क्षेत्रको ८० प्रतिशत भु–भागमा लगाइने मकवानपुर धान मोटा जस्तै भएतापनि हरेक वर्ष यसको मुल्य मोटा भन्दा बढि हुने गरेको छ । तर नेपाल सरकारले मोटा धानमै सुचिकृत गरेर सोही सरह मुल्य निर्धारण गरेको र जिल्लामा बसेको बैठकले मकवानपर धानको २ हजार ७ सय निर्धारण गरेर कार्यान्वयनको लागि समर्थन लिन केन्द्रमा पत्रचार गरिएको प्रमुख रावलले बताउनु भयो । केन्द्रबाट सकारात्मक कुरा आएको र अनुगमन गरी स्वीकृति दिने कुरा भएको पनि प्रमुख रावलले बताउनु भयो ।
मकवानपुर धानको मुल्य निर्धारण भयो भनेर खुशी भएका किसानह खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि. राजापुरले मकवानपुर धाननै खरिद नगर्दा किसानहरु निरास भएका छन् भने निर्धारित मूल्य कायम गराउन कहिँ कतै बाट पहल नभएकोमा आक्रोसित पनि भएका छन ।
अहिले बजारमा निजि धान गल्ला ब्यापारीले मोटा धान प्रति क्विन्टल २ हजार २ सय र मकवानपुर धान २ हजार ५ सय ५० मा किसानहरुसंग खरिद गरिरहेका छन् ।