बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ पुरानो सरजु नदि नजिक हुलाकी सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
खैरापुर देखी गुलरिया तर्फ गइरहेको भे ४ प ७२१७ नम्बरको मोटरसाइकल नालामा पल्टिँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका वडा १का अन्दाजी ३५ वर्षीय राजेश यादबको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।