बर्दियाको सदरमुकाम गुलरियामा घोडा खच्चरलाई निशुल्क चेकजाँच तथा अनुगमन गरिएको छ । गुलरीया नगरपालीका वडा नं ६,७ र ८ का करिब ४० वटा घोडा खच्चरहरुलाई चेकजाँच गरिएको छ ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा केन्द्रको आयोजना तथा पशु सेवा शाखा, जिल्ला पशु विज्ञ केन्द्रको समन्वयमा उक्त स्वास्थ्य परिक्षण गरिएको हो । अरु जनावर पाल्ने किसान तथा व्यवसायीलाई दिने सेवा सुविधा सरह हामीघोडा खच्चर व्यवसायीलाइ पनि दिनु पर्ने अवश्यकता रहेको घोडा खच्चर ब्यवसायीले बताएका छन ।
गुलरिया नगरपालिका वडा नम्बर ८ का एक घोडा खच्चर पालक किसान सरिफ कसगरले आफुहरुको पुख्र्यौली पेश भएको यसैबाट दैनिक गुजाराको सहारा बनेको समेत बताए । उनले घोडा खच्चरहरु पालेर परिवारिक खर्च चलाउँदै आएको बताए । यसरी बेला बेलामा स्वास्थ्य परिक्षण गाँउमा आँउदा आफुलाई खुशी लागेको बताउनु भयो ।

नेपाल सरकारले घोडा खच्चर व्यवसायीलाई प्रोत्साहन नगरेको, घोडा खच्चर व्यवसाय गर्नेहरुपनि छन भन्ने कुरा सरकारलाई खोजिको विषय नभएको भन्दै घोडा खच्चर ब्यवसायीलाई प्रोत्साहन र सहयोग पु¥याउने उद्देश्यले उक्त शिविरको आयोजना गरेको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका पशु कल्याण सहजकर्ता मंगल थारुले बताउनु भयो ।
महिनामा चार देखी छ पटक सम्म पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा केन्द्रका कर्मचारीहरु च्ोक गर्न आउने गरेको र नि शुल्क औषधि दिने गरेको घोडा खच्चर ब्यवसायी रोहित कसगरले बताउनु भयो ।
अनुगमनमा गहिरो धाउचोट, तथा अन्य समस्याहरुको उपचार गरीनुका साथै नि श्ुल्क औषधि बितरण गरीएको पशु स्वास्थ्य तालिम तथा परामर्शका संयोजक भेषराज बास्तोलाले बताउनु भयो ।
ब्यवसायीलाइ घोडा खच्चरको बारेमा बिभिन्न जानकारी दिनुका साथै उनिहरुको समस्याको बारेमा जानकारी लिने र समयमै उपचारको ब्यवस्थागर्ने बास्तोलाले बताउनु भयो ।
नेपालमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा केन्द्रले विगत २००७ साल देखी नै घोडा खच्चरको कल्याणको क्षेत्रमा कार्य गर्दे आएको छ । नेपालका करिब १८ वटा जिल्लाहरुमा यस्तो कार्यक्रम परियोजना मार्फत संचालन भइरहेको बास्तोलाले बताउनु भयो ।