प्रदेश सांसद दिपेश थारुले राजापुर सिचाइ आयोजना अन्तरगत रहेको केन्द्रिय कृषक समिति लाई खारेज गर्नुपर्ने बताउनु भएको छ ।
बर्षौं देखि समिति को लेखापरिक्षण तथा साधारणसभा समेत नभएकोले समिति अवैधानिक तवरले चलेकोले अविलम्ब समितिलाई र समितिका मातहतमा रहेका अन्यसमितिहरुलाई खारेज गरिनुपर्ने बताउनु भयो । उहाले राजापुर सिचाई आयाजनाका प्रमुख तिर इङ्गीत गर्दे भन्नुभयो– ‘केन्द्रिय कृषक समिति तथा त्यसका मातहतका समितिहरुले लेखापरिक्षण गरी साधारण गरेर आउँछन भने मान्यता दिनुहोस अन्यथा खारेज गर्नुहोस ।’ उहाँले थप्नु भयो– ‘किसानको गुनासो पनि नसुन्ने विधान अनुसारपनि नचल्ने समिति वैधानिक हुन सक्दैन ।’
उहाँले चतावनि दिदैं भन्नुभयो– ‘यीनै अवैधानिक समिति हरु संगै समन्वय गरेर अघि बढेमा कार्यालय प्रमुख विरुद्ध पनि म अक्तियारमा जाने छु ।’