Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

चैते धान खेती विस्तारका लागि सिचाइ प्रणालीको स्तरउन्नती , धान सुकाउने मेसिनको सर्वसुलभता एवम् वजारीकरणको व्यवस्था आवश्यक

  • बर्दिया टुडे
  • 5.1K
    SHARES
  • राजापुर सिचाइ प्रणालीको स्तरउन्नती , धान सुकाउने मेसिनको सर्वसुलभता एवम वजारीकरणको व्यवस्था हुन सके मात्र भोंरा क्षेत्रमा चैते धान खेती विस्तारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई (धान सुपरजोन) ले राखेको लक्ष्य पुरा गर्न सकिने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई (धान सुपरजोन) ले राजापुरमा राखेको आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
    कार्यक्रममा सहभागिहरुले बर्षेधानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएपनि वर्षा लाग्ने समयमा तयार हुने भएकोले तुरुन्तै दाइ लाउनु पर्ने ,धान सुकाउने मेसिनको अभाव , आफूसँग स्टोर गर्ने क्षमता नहुँदा र बिक्रिका लागि लगिएको धान ब्यापारीहरुले धान ओसिलो भन्दै खरिद नगर्दा चैतेधान खेती गरिरहेका किसानलाइ परेको अफ्ठ्यारोका कारण  नयाँ किसान पर्याप्त मात्रामा चैते धान खेती तर्फ आकर्षित हुन नसकेको बताए ।
    उनिहरुले राजापरु सिचाइ प्रणालीको स्तरउन्नती र धान सुकाउने मेसिनको सर्वसुलभता एवम वजारीकरणको बयवस्था हुन सके चैते धान खेती गरे वापत दिइने अनुदान नदिएपनि यस क्षेत्रको उत्पादन योग्य पुरै जमिनमा चैतेधान खेती तर्फ किसानहरु आकर्षित हुने बताउँदे राजापुरमा रहेको आधुनिक चामल कारखानाले किसानले उत्पादन गरेको चैतेधान खरिद गर्ने ब्यवस्था मिलाउन समेत आग्रह गरे ।
    कार्यक्रममा सहभागिहरुले सुख्खा मौसममा चैतेधानको खेती गरिने भएकोले सो समयमा कर्णाली नदीमा पानीको सतह घट्ने र यस क्षेत्रमा संञ्चालित राजापुर सिंचाइ प्रणाली खुल्ला सिंचाई प्रणली भएका कारण मुहान, कुला तथा नहरहरुमा बालुवा जम्मा भएर पानी पर्याप्त मात्रामा उपलब्ध नहुने भएकाले मुहान, कुला तथा नहरहरुमा बालुवा जम्मा नहने गरी सिचाइ प्रणलीको स्तर उन्नती गरिनुपर्ने मा जोड दिए ।
    प्रदेश सांसद दिपेश थाररुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई (धान सुपरजोन) राजापुरका कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत तपेनद्र बहादुर शाहले परियोजना कार्यान्वयन इकाई (धान सुपरजोन) ले आर्थिक वर्ष २०७६÷०७७ मा गर्ने कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । सुपरजोन संचालक समितिका उपाध्यक्ष पहारी थारुले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रदेश सांसद दिपेश थारु, राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद थारु,प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने,राजापुर सिचाइ आयोजनाका प्रमुख गौतम ठाकुर, बर्दिया उद्योग वाण्ज्यि संघका अध्यक्ष कृष्णकुमार रेग्मी,तगायतका बक्ताहरुले आ–आफ्नो धारण राख्नु भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij