Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा ५८ किलो लागुऔषध चरेश सहित ५ जना पक्राउ

  • बर्दिया टुडे
  • 4.0K
    SHARES
  • बर्दिया प्रहरीले भारी परिणाममा लागु औषध चरेस पक्राउ गरेको छ । प्रहरी सहायक निरिक्षक शुनिल बश्याल सहितको विशेष गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थीत सडकबाट ५८ किलो लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्वी रुकुम घरभई हाल दाङ घोराही नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
    सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनीहरुलाई रोकी शरिर तथा बोकेको झोला खानतलासी लिंदा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस सहित पक्राउ गरिएको हो । उनिहरुबाट ५८ किलो चरेस, भारतिय र नेपाली रुपैया गरि नगद ३२ हजार ५ सय ९८ रुपैया र उनीहरुको साथमा रहेको ५ थान मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक रामशंकर कोहारले बताए । पक्राउ परेका पाचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा (घ) को ५ अनुसार १० किलो ग्राम भन्दा माथी जति सुकै भए पनि २ वर्ष देखी १० वर्ष सम्म कैद र १५ हजार देखी १ लाख सम्म जरिवाना हुने कानुनी प्रावधान रहको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij