नेपाल पत्रकार महासंघ बर्दियाले एक प्रेस विज्ञप्ती मार्फत बढैयाताल गाउँपालिकाले जारी गरेको सञ्चार सम्बन्धि कार्यविधि प्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघ द्वारा जारी विज्ञप्तीमा बढैयाताल गाउँपालिकाले गाउँसभाको निर्णयबाट एफएम रेडियो ब्यवस्थापन तथा सञ्चालन कार्यविधि पारित गरि एफएम रेडियोको इजाजतपत्र रद्द गर्दै प्रसारण समेतमा रोक लगाउनु लाई गैर सम्वैधानिक कदम भएको बताउदै पत्रकार महासंघले संविधानले प्रेस स्वतन्त्रताको पूर्णप्रत्यभुती गरेको र सरकारले समेत संचारनीति सार्वजनिक नगरेको अवस्थामा गाउँपालिकाले सञ्चारक्षेत्रलाई नियमन गर्ने नाउँमा प्रतिवन्ध गर्नसक्ने प्रावधान राख्नु आपत्ती जनक विषय भएको जनाएको छ । बाँकी ३ पेजमा
विज्ञप्ती मार्फत पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ , सञ्चारकर्मी लगायत सरोकारवालाहरुको राय,सुझाव विना पारित गरिएको सञ्चार कार्यविधि तत्काल सच्चाउन माग गर्दै पत्रकार महासंघका अध्यक्ष राजेन्द्र प्रसाद धिताल द्वारा हस्ताक्षरीत विज्ञप्तीमा महासंघको माग बमोजिम कार्यविधि नसच्चाईए महासंघ कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिईएको छ ।
