Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भेरी मा.बि धार्मिक महोत्सव धनधान्याञ्चल ज्ञान महायज्ञ आज वाट राजापुरमा सुरु

प्रतिनिधिसभा सदस्य थारुले महायज्ञको उद्घाटन गर्ने
  • बर्दिया टुडे
  • 5.7K
    SHARES
  • बर्दियाको राजापुरमा –८ धोबिनपुरमा रहेकोे भेरी माध्यामिक बिद्यालयले आयोजना गर्न लागेको धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ आज वाट सुरु हुँदैछ । मंसिर १ गते आज वाट ७ गते सम्म संचालन गरिने महायज्ञको बर्दिया जिल्ला बाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननिय सन्त कुमार थारुले उद्घाटन गर्ने कार्यक्रम रहेको धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ मुल आयोजक समितीका संयोजक चिन्तामणी आचार्यले जानकारी दिनुभयो ।
    महायज्ञको तयारी पुर्णरुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । यतिवेला महोत्सव स्थल तथा राजापुर बजार शान्तिपुर, भिम्मापुर,मानपुर टपरा, कोठियाघाटमा स्वागतद्वार निमार्ण गरिनुका साथै महोत्सव स्थल ध्वजा पताकाले झकिझकाउ पारिएको छ ।
    महायज्ञको पहिलो दिन आज बिहान ८ बजे महोत्सव स्थल भेरी माबि धोबिनपुर वाट कलश यात्रा सुरु भई कर्णाली नदी पुगी पुनः महोत्सव स्थल पुग्ने कार्यक्रम तय गरिएको छ । महोत्सवको बिधिवत उद्घाटन कार्यक्रम भने बिहान ११ बजे सुरु गरिने आयोजक समितीका संयोजक आचार्यले बताउनु भयो ।
    भौराटापु क्षेत्रमा कृषी,जेटिए र भेटेनरी बिषयको पढाई सुरुभएतापनी ३ बर्षे शिभिल ओभरसियर कोर्स संचालन नभएको हुँदा यसको आवश्यकतालाई मध्यनजर गर्दै यहाँका बालवालिकाको भविश्य निमार्ण गर्नु यस क्षेत्रका बासिन्दाको जिम्मेवारी भएकाले आर्थिक संकलन गर्नकालागी महायज्ञ गरिन लागेको संयोजक आचार्यले बताउनु भयो । उहाले भन्नुभयो ‘महायज्ञ मार्फत बाँकी ३ पेजमा झण्डै १ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको र महायज्ञमा झण्डै २० लाख रुपैया खर्च हुने भएकाले महायज्ञ सम्पन्न गर्न यहाँका सम्पूर्ण बासिन्दा शिक्षा प्रेमी लगायत सम्पूर्णमा अपिल गर्दछु ।
    महायज्ञमा योग शिवीर, १००८ सालीग्राम पुजन तथा परिक्रमा,दैनिक रुपमा श्रीमद्भागवत पुजन, दैनिक रुद्रि पाठ, बिभिन्न भाषाभाषीका भजन कृतन तथा झाँकी, श्रीमद्भागवतको दार्शनिक प्रवचन,बालवालीकाहरुकालागी बिहान(साँझ बाल सँस्कार,लक्ष्यवर्ती पुजा, ब्रतबन्ध, बिवाह, ग्रह शान्ती तुलादान लगालयतका धार्मिक कार्यहरु गरिने छन् । महायज्ञमा अन्र्तराष्ट्रिय कथा बाचक भागवत मरमज्ञ श्री पंडित नरेश नेपाल महाराजले प्रबचन गर्नुहुनेछ ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij