गाँउ, समाजमा कतिपय रोगहरुका विषयमा अझैपनि मानिसहरु बेखबर रहेका छन । कतिपयले त थाहा पाएर समेत व्यक्तिहरुको डर तथा लाजले पनि आफुलाई भएको पिडाका बारेमा खुल्न सकेका छैन । समाजमा विभिन्न भयानक रोगको सिकार भई व्यक्तिहरु छटपटाई रहेका छ । कतिपय यौन रोगहरुकोे विषयमा जानकारी नभएकै कारण पनि व्यक्तिहरु पिडित बनेको अवस्था छ । यस्ता एच.आइ.भी तथा यौनरोग संग सम्बन्धित समास्यालाई गाँउ समाजमा सचेतन फैलाउनका निम्ती किशोर किशोरीहरुको महत्वपुर्ण भुमिका रहने गर्दछ । सोही अवस्थालाई मध्यनजर गर्दै गुलरियामा किशोर किशोरीहरुका लागी यौन रोग तथा एच आइ भी एडस सम्बन्धि सचेतना मुलक कार्यक्रम गरि समाजमा यस सम्बन्धि जागरण गर्न आग्रह गरिएको छ । परिवर्तनको सम्बाहकका रुपमा मानिएका समाजका युवाहरुलाई यस्तो कार्यमा सहभागी गराए रोगहरुका विषयमा विशेष सचेतना फैलिने विश्वास समेत गरिएको छ । सहयोगी हात नामक संस्थाको आयोजना र गुलरिया नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा किशोर किशारीहरुका लागी यौन रोग तथा एच आइ भी एडस सम्बन्धि सचेतना मुलक कार्यक्रमको अयोजना गरिएको हो । गुलरिया नगरपाकिला वडा नम्बर ५ मा बसोबास गर्ने विद्यायल,क्याम्पसमा अध्ययन गर्दै गरेका किशोर, किशोरीहरु मार्फत आफनौ गाँउ, टोल, समाजमा सतेचना फैलाउन सो कार्यक्रमको अयोजना गरिएको सहयोगी हात संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद बस्याल(राकेश)ले बताए । किशोर किशोरीहरुलाई यौन रोग तथा एच आइ भी एडस सम्बन्धि प्रशिक्षण दिई व्यक्तिमा भएको रोगले हाम्रो समाजमा फैलिएको विकृतीलाई समेत यसले निर्मूल पार्ने उपाध्यक्ष बस्यालको विश्वास रहेको छ । ्उक्त यौन रोग तथा एच आइ भी एडस सम्बन्धि सचेतना मुलक कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र पौडेलले कतिपय किशोर किशारीहरु समेत आफना समास्याहरु खुलेर नभन्ने र गाँउ समाजमा सचेतना फैलाउन पनि गाह्रो मान्ने गरेकाकारण पनि किशोरीहरुका लागी यस्ता सचेतना मुलक प्रशिक्षण कार्यक्रमहरुको अवश्यकता रहेको औंल्याउनु भयो । पुरुष सरह किशोरीहरुले पनि समाजलाई परिवर्तनको बाटोमा डो¥याउन सक्ने भन्दै उहाँले किशोरीहरुका मार्फत यौन रोग तथा एच आइ भी एडस सम्बन्धि सचेतना फैलाउन सकिने धारणा व्यक्त गरे । सहयोगी हात संस्थाका उपाध्यक्ष राकेश कुमार बश्यालको सभपतित्वमा भएका कार्यक्रममा स्वागत मन्तब्य गोमा विष्टले गर्नु भएको थियो । किशोर किशोरीलाई विश्वमा एच आइ भी तथा यौन रोगका बर्तमान अवस्था, नेपालमा र बर्दिया जिल्लामा भएको यौन रोग तथा एच आइ भी एडसको अवस्था, यौन प्रशारित रोग सम्बन्धि सचेतना मुलक प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा स्वास्थ्य कार्यलय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले गर्नु भएको छ । कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ५ की अध्यक्ष सावित्रा गौतम, वडा सदस्य सोविन्द्र बहादुर थारु, युवराज श्रेष्ठ, संचारकर्मी प्रशिक्षार्थी लगायतको उपस्थिती रहेको थियो ।