जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका वडा नं.७ बस्ने बर्ष अन्दाजी २४ को घनश्याम चौहानलाइ प्रहरीले पक्राउ गरेको छ ।
उजुरीको आधारमा चौहानलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
कार्तिक १४ गतेका दिन नेपालगंज नर्सिङ होम नजिक रहेको होटलमा लगी छोरीलाई जबरजस्ती करणी गरेको भनी २६ गते परेको उजुरीको आधारमा पक्राउ गरीएको हो ।
घटना बाके नेपालगंजमा भएको हुदा चौहानलाई आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएकोे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।