बर्दिया उद्योग वाणिज्य संघ राजापुरले नव प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई राजापुरमा स्वागत गरेको छ । बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी भब्य रुपमा स्वागत गरिएको हो ।
राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीको प्रमुअ आतिथ्तामा गरिएको स्वागत कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धानका उपनुसन्धान निर्देशक योगेन्द्र केसी, प्रहरी नायब उपरीक्षक राम शंकर कोहार, विश्वराज खड्का, राजापुर नगरपालिकाका जनप्रतीनिधी व्यापारी,समाजसेवी, पत्रकार विकास प्रेमी यूवा समाज, राजापुर नगर बासीहरुको समेत उपस्थिति थियो ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ लामिछाने राजापुरको बारेमा आफुले अध्यान गरेकाले आफ्नो मन बचनले बिकास निर्माण ,व्यापार, व्यवसायी र राजापुरमा उद्योगको स्थापना तथा बिभिन्न कामका शिफारीसमा सहज र सहकार्य गर्ने भन्दै राजापुरबासीले गरेको मायाको गुन बर्दिया बसुन जेलसम्म तिर्ने बताउनु भयाे ।
राजापुर नगर प्रमुख चौधरीले प्रजिअ लामिछाने लाई स्वागत गर्दै कार्यक्रममा राजापुर भित्रको मुल समस्या नागरिकता, बजार दर्ताको बिषयलाइ प्राथमिकतामा राखेर काम गर्न र फेरी पनि बर्दिया जिल्लाई देशकै पहिलो जिल्ला बनाउन समेत शुभकामना दिनु भयाे ।
आजै प्रजिअ लामिछानेले राजापुरका बिभिन ठाउको निरीक्षण समेत गर्नुभएको छ । यसै क्रममा इलाका प्रशासन राजापुरका प्रमुख सुनिल दत्त ले कार्यालय र समस्त राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रको सुरक्षा र सरकारी निकायको प्रशासनिक काम कारवाही बारे जानकारी गराउनु भएको थियो ।
निरीक्षणका क्रममा उहाँले इलाका प्रशासन कार्यालय राजापुर, इलाका प्रहरी कार्यालय राजापुर, सशस्त्र प्रहरी बल राजापुर, सीमा चौकी गोडीयाना, प्रहरी चौकी भिम्मापुर, प्रहरी चौकी खैरी चन्दनपुर र नेपाल खाद्य संस्थान आधुनिक चामल कारखाना राजापुरको निरीक्षण गर्दै सीमा सुरक्षा, तस्करी र भन्सार छली नियन्त्रण गर्न र प्रहरी, प्रशासनल राजापुर क्षेत्रमा शान्ति सुरक्षा चुस्त दुरुस्त पार्न प्रभावकारी रूपमा काम गर्न प्रहरीहरुलाई निर्देशन दिदै काम गर्ने शिलशिलामा केहि समस्या भएमा आफुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनु भएको छ ।