Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्थानिय सरकार सङ्ग अनुरोध (भाग ३)

  • बर्दिया टुडे
  • 8.8K
    SHARES
  • यति बेला देश तीन तहका सरकारबाट संन्चालित छ । हिजोको एकात्मक राज्य प्रणालीलाई खारेज गरि संघीय लोक तान्त्रिक गणतन्त्रात्कम राज्य प्रणाली प्रयोगमा छ । तीन तहका सरकार स्थापना भै कृयाशिल रहेको बर्तमान अबस्थामा जनताहरुमा खुसी देखिदैन । जनता त कागलाइ बेल पाक्यो हर्ष न बिस्मात कै अबस्थामा देखिन्छन् । जनताहरु केन्द्रिकृत राज्य प्रणालीमा पहुच नहुनु । निर्णय प्रक्रियामा सहभागी हुन नपाउनु। आफ्नो बिकासको लागि आफै निर्णय र कृयाशिल हुन नपाएको कारण आएको राजनैतिक परिवर्तनको यो उपलब्धि हो । यो उपलब्धि त्यति सहजै आएको चाहिँ होइन । यो परिवर्तन प्राप्तिका लागि थुप्रै राजनैतिक लडाइ, जनताको साहदत पछि प्राप्त परिबर्तन हो यो । तीन तहको राज्य ब्यबस्थाको परिकल्पना साथ संबिधान निर्माण गरि जन अभिमतका साथ सरकार स्थपना भएका छन् । संघिय लोकतान्त्रिक सरकारमा जनताले जुन अपेक्षा गरेका थिए ती अपेक्षा निरासामा बदलिएको जनताका अभिमतबाट देखिन थालेको छ । यतिबेला यो राजनैतिक ब्यबस्था प्रयोग मै छ । निर्बाचित निकाय र स्थापित सरकार पनि कहि न कतै अलमल भएकै देखिएको छ । काम का बाट शुरु गर्ने कसरी जनताको माग संबोधन गर्ने भन्नेमा अन्यौलता देखिएको छ। निर्बाचित जनप्रतिनिधिहरुमा पनि आफू निर्णायक बन्ने होड बाजि देखिँदा समन्वयात्मक तरिकाबाट काम हुन सकेको छैन । यहाँ स्थानीय सरकारको कामकारबाहीका संबन्धमा हेर्दा पुरानै पारामा संन्चालन भएको देखिन्छ । वडा वडामा सिधै बजेट बिनियोजन गरि आसेपासे र कार्यकर्ता पोस्ने काम भएको छ । जनप्रतिनिधि नजिकका कार्यकर्ता रमाउने र अलि पर छेउ लागेका कार्यकर्ता निरास बन्ने अवस्था देखिन्छ। अर्को तिर हिजोको जस्तै पहुँचको आधारमा योजना र कार्यक्रम बिनियोजन हुने गरेको आरोप जनताको छ । कर्मचारीतन्त्र अझै सबल र सक्षम देखिदैन । कमिसन मै लुछाचुडि भागबन्डामा कुरा नमिलेर बाहिर आरोप प्रत्यारोप छताछुल्ल भएको हुन्छ । कतिपय उपलब्धि बिहिन कार्यक्रम आयोजना गरि बजेट सक्ने मात्र काम भएको आरोप समेत लागेको छ । कतिपय पालिकामा जनप्रतिनिधिहरु आफ्नै सामान किन्ने कमिसनको वार्गेनिङ्ग गरेका कुरा पनि अब नयाँ भएनन् । अहिले हामी सिकाइ कै चरणमा सुधार गरेर अगाडि जान सकेनौ भने भोलिको अवस्था झन भयावह हुने देखिन्छ । कम्तिमा स्थानीय तहका सरकारले अहिलेलाई निम्न प्रक्रियाबाट अगाडि जान सके यो प्राप्त उपलब्धि प्रती जनताले समेत अपनत्व लिन सक्ने अवस्था आउन सक्ने छ ।

    १) प्रत्येक पालिकाले आफ्नो पालिकाको गुरु योजना तयार गर्ने।


    ADVERTISEMENT

    images

    २) आफ्नो पालिकामा शिक्षा, स्वास्थ, खानेपानी, सरसफाइ, सडक, क्षमता बिकास, नागरिक सचेतना, भौतिक पुर्बाधार, कृषि पशु सिचाइ , औद्योगिक, रोजगारी, सहकारी, महिला बालबालिका दलित पिछ्डा वर्ग, युवा, खेलकुद , सुचना संन्चार आदि क्षेत्रमा का के गरिदै छ भन्ने कुराको अग्रिम योजना निर्माण गरिन जरुरी छ ।

    ३) वाडै बिच्छे दामासाहिले रकम बाड्ने भन्दा पनि समग्र पालिकाको एकीकृत योजना बनाएर योजना संन्चालन गर्न जरुरी छ ।

    ४) कम्तिमा पाच बर्षको योजना बनाएर कुन वार्डमा कुन आबमा कुन काम हुदैछ भन्ने स्पष्ट पारिनु पर्छ ।

    ५) हरेक जनप्रतिनिधिले आफू आउनु पुर्ब आफ्नो क्षेत्रको अवस्था सोच र परिकल्पनाको अबस्था अहिलेसम्म भएको कामको प्रगतिको पार्श्व चित्र टेबुलमा राख्न जरुरी छ ।

    ६) प्रत्येक काममा गुणस्तरमा ध्यान दिदै कम कबोल गर्नेलाइ काम गराउने परिपाटी बसाल्न जरुरी छ ।

    ७) खरिद प्रक्रियालाई पारदर्शी बनाउन खरिद समिती बनाउने र आउने कमिसन विविध आम्दानीमा समाबेश गर्ने हिम्मत राख्न पर्छ ।

    ८) आफुले खाएको लिएको सेवा सुबिधा सार्बजनिक गर्ने परिपाटीकाे शुरुवात गर्न  सक्नु पर्छ ।

    ९) चाकडी चाप्लुसी गर्ने कर्मचारी भन्दा इमानदार सक्षम क्षमातावानलाइ जिम्मेवारी दिन सक्नु पर्छ ।

    १०) उपभोक्ता समितिको नाममा सिमित कार्यकर्ता मोटाउने प्रवृत्ति अन्त हुन जरुरी छ ।

    ११) जनताको गुनासो सुनुवाइको उचित ब्यबस्था हुन जरुरी छ ।

    १२) विभिन्न गैरसरकारी संस्थालाइ पालिकाको कार्यक्रममा मेल हुने गरि पुर्ण समन्वयात्म तरिकाबाट काम गराउन जरुरी छ ।

    १३) अन्तर पालिका समन्वयात्म योजना समेत तयार गरिन जरुरी छ ।

    १४) पालिकाबाट हुने कामको अनुगमनका लागि मौजुदा ब्यबस्थामा परिवर्तन गरि बिज्ञ सहितको बाह्य टिम निर्माण गर्न जरुरी छ ।

    १५) सबल सक्षम निगरानि, सुचना सङकलन र प्रवाह लागि स्थानिय संचार माध्यमलाई पुर्ण सहयोग गर्न जरुरी छ ।

    आदरणीय स्थानीय सरकार प्रतिनिधिहरु तपाइहरुले हिजो मत माग्दा बनाएको घोषणा पत्र खोज्नुहोस । अनि तपाईका प्रतिस्पर्धी उम्मेदवारको पार्टिको घोषणा पत्र पनि खोज्नु होस । ति घोषणा पत्रमा भएका असल कुरा कति लागू भए भएनन् एक पटक गहिरो गरि अध्ययन गर्नु होस । तपाई अहिले बिरासदमा हुनुहुन्छ तेता घ्यान नजान सक्छ। अर्को चुनाव आउन अब धेरै बाकी छैन । भोलि के नारा र योजना लिएर मत माग्न जाने ?तपाले गरेका बाचा कति पूरा भए भएनन ? अब समिक्षा गर्न अबेला भै सक्यो है ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij