बर्दिया प्रहरीले ओरियन्स ग्लोवल मार्केटिङ्ग प्रा ली नामक बहुराष्ट्रिय कम्पनीमा आबद्ध रही नेटवर्किङ् व्यबसायको नाममा ठगी गरेको आरोपमा राजापुरबाट थप २ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजापुर नगरपालिका ३ टेडियागाउँ बस्ने वर्ष २४ कि सिता थारु र चक्खापुरगाउँ बस्ने बर्ष ३५ को अर्जुन थारु रहेकाे प्रहरीले जनाएकाे छ ।
ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिईएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हाे ।
पक्राउ परेका दुबैजना माथी ठगी मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेश नाथ बास्तोलाले बताउनु भयो ।