Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सिन्दुर जातको धानमा पनि ठगिए भाैंरा क्षेत्रका किसान

  • बर्दिया टुडे
  • 8.2K
    SHARES
  • नेपाल सरकारबाट सूचिकृत गरीमा वर्णशंकर जातको गरिमा धानसँगै सिन्दुर जातको धानमा पनि भाैंरा क्षेत्रका किसान ठगिएका छन् । बीउ वितरक कम्पनीले प्याकेजिङ्गमा बदमासी गरेपछि राजापुरका किसान सिन्दुर जातको धानमा समेत ठगिएका हुन् ।

    भाैंरा क्षेत्रमा गरिमा जातसँग मेलखाने सिन्दुर जातको धान लगाएका किसान समयमै नपसाएपछि पीडित बनेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वय ईकाई धान सुपरजोन राजापुरका वरिष्ठ कृषि अधिकृत डाक्टर तपेन्द्रबहादुर शाहले बताए । उनले भने,' गरिमाको जस्तै सिन्दुर धान लगाउने किसान मर्कामा परेका छन् ।'


    ADVERTISEMENT

    images

    परियोजनाले पीडित किसानबाट तथ्यांक लिइरहेको छ । 'हालसम्मको तथ्यांकअनुसारभाैंरा क्षेत्रमा ९६ हेक्टर क्षेत्रफलमा सिन्दुर जात र ४४ हेक्टरमा गरिमा गरी १ सय ४० हेक्टर क्षेत्रफलमा बीउले धोका दिएको पाएका छौं। उनले थपे,' १ सय २४ जना सिन्दुर रोप्ने किसान र ६० जना गरिमा रोप्ने किसान गरी १ सय ८४ जना किसानले हामीलाई तथ्यांक बुझाउनु भएको छ । तथ्यांक आउने क्रम जारी छ ।'

    उनले थपे, ' यस्तो अवस्थामा पीडित किसानले क्षतीपूर्ति पाउनुपर्छ । बीउ खरिद गरेका किसान चनाखो बन्नुपर्ने उनको भनाई छ । बीउ खरिद गरेर धान छरेपछि त्यसको प्याकेट, बिललगायत थोरै बीउ पनि धान नकाटुन्जेलसम्म सुरक्षित राख्नुपर्ने शाहले बताए । 

    व्यापारीको बदमासीले गरिमा र सिन्दुर धान लगाउने किसान ठगिएको उनको दावी छ । बीउ विजन नियमावली ०५९ को दफा ३६ अनुसार कसैले बिक्री गरेको बीउ विजनको गुणस्तर र गलत सूचनाका कारण कसैलाई आर्थिक नोक्सानी भए मूल्यांकन समितिको मूल्यांकन सिफारिसका आधारमा सम्बन्धित पक्षले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने प्रावधान छ।

    देशकै धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा गरिने धानखेतीबाट ६३ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । यस वर्ष बीउले धोका दिएपछि २ दशमलव ०३ प्रतिशत उत्पादकत्व घट्ने अनुमान जोन कार्यालयको छ। यसवर्ष 
    बर्दियामा धान उत्पादन घट्ने निश्चित छ ।

    प्राकृतिक रुपमा गवारो किराको प्रकोप झेलिरहेका किसान व्यापारीबाट ठगिएपछि दोहोरो पीडामा रहेको अधिकृत शाहको भनाई छ। बर्दियाको राजापुर क्षेत्रमा मकवानपुर जातको धान लगाउने गरिएता पनि किसानको छिटो तयार हुने धान खेतीतर्फ आर्कषण बढ्दा यस्तो स्थिति आएको हो । चाँडै धान काटेर अन्य खेती गर्ने मनसायले राजापुर क्षेत्रका किसान अन्य जाततर्फ आर्कषित भएका हुन् । अन्नपूर्ण पाेस्टबाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij