जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले बर्दियाको दुई स्थानबाट १४ ग्राम लागु औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेकोे छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलील गुलरयिा भन्सार रोडबाट गुलरिया–५कृष्णसारटोल बस्ने बर्ष २७ को रोजन पुरी र मधुवन–२ को दिनेश नेपाली, तथा गुलरिया ८ स्थित सार्वजनिक सडक बाटो बाट मधुवन–६ बस्ने बर्ष २२ को सन्तोष थापा र मधुवन –६ वस्ने १९ वर्षीय खगेन्द्र शाहीलाई लागु औषध सहित पक्राउ गरेकोे हो । उनीहरुको साथबाट जम्मा १४ ग्राम ब्राउनसुगर बरामद गरिएको हो ।
रोजन पुरी र दिनेश नेपालीको साथबाट ४ ग्राम ब्राउन सुगर र भे ८ प ७८३ नं.को मोटर साईकल बरामद गरिएको छ, भने थापा र शाहीको साथबाट १० ग्राम ब्राउन सुगर भे ७ प १७८ नं.को मोटर साईकल सीहत चक्कु र नगद रु ९ हजार रुपैँया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो ।
पक्राउ परेका चारै जना उपर आबश्यक अनुसन्धान कार्य भईरहको प्रहरीले जनाएको छ ।