Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड नगर्न डा. संकेत रिसालको खबरदारी

  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  • भेरी अस्पताल नेपालगंजका वरिष्ठ डाक्टर तथा अस्पताल प्रमुख डा. संकेत रिसालले यहाँका जनताहरुलाई स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड नगर्न खबरदारी गर्नु भएको छ । बर्दिया उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित एक कार्यक्रमका प्रमुख अतिथी डाक्टर रिसालले उक्त खवरदारी गर्नु भएको हो ।

    कार्यक्रममा वोल्दै उहाँले यहाँका गरिब किसानहरु उपचारका लागि नेपालगंज जाने गरेको तर राम्रो डाक्टरहरुलाई चेकजाँच नै नगराई औषधी किनेर घर फर्किर अउने गरेको बताउँदै उहाँले भन्नुभयो ­ उपचारका लागि पैसा नहुने गरिब बिरामी छ भने मलाई भेट्नुहोस् निशुल्क उपचार गरी दिने छु । राजापुर नगरपालिका ८ नं वडा स्थित फत्तेपुरका १६ वर्षिय शेखर काफ्लेको उपचारका लागि सक्दो सबै सहयोग गर्न आफु एकदमै तयार रहेको भन्नुभयो । २ वटै मृर्गौला खराव भई हाल काठमाण्डौमा उपचारार्थ काफ्लेलाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन कार्य पनि भईरहेको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मीको सभापतित्वमा आयोजित कार्यक्रममा रा.न.पा. ४ नं. वडाका अध्यक्ष रमनकुमार रेग्मी,८ नं. वडा अध्यक्ष चिन्तामणि आचार्य,विकास प्रेमी यूवा समाजका अध्यक्ष शिशिर शर्मा, विकास प्रेमी यूवा समाजका जिल्ला सल्लाहकार सुर्य के.सी. ईलाका प्रहरी कार्यालयका प्रमुख,सशस्त्र प्रहरी बल राजापुरका प्रमुख,अख्तियार अनुसन्धान आयोगका अर्जुन सुनार,समाज सेवि विमला जि.सी.,कविता न्यौपाने लगायत विभिन्न कार्यालयका प्रमुख,समाजसेवि बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij