Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भारतीय सिमा अतिक्रमणका विरुद्धमा राजापुरमा पनि विरोध

  • बर्दिया टुडे
  • 19.2K
    SHARES
  • भारतीय हस्तक्षेप बन्द गर,भारतीय विस्तारवाद मुर्दावाद,कालापानी लिपुलेक हाम्रो हो,सिमा मिच्न पाईदैन,नेपाली एकता जिन्दावाद,यस्तो छिमेक चाहिंदैन भन्ने नाराका साथ बर्दियाको राजापुरमा विरोध ¥यालीको आयोजना गरिएको छ । राजापुर चौक बजारबाट निकालिएको र्यालीले बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

    शनिबार विकास प्रेमी यूवा समाज राजापुरले आयोजना गरेको विरोधमा बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मी,रा.न.पा. ४ नं. वडाका अध्यक्ष रमनकुमार रेग्मी,८ नं. वडा अध्यक्ष चिन्तामणि आचार्य,विकास प्रेमी यूवा समाजका जिल्ला सल्लाहकार सुर्य के.सी.,समाजका जिल्ला उपाध्यक्ष,महिला समाजसेवि, बुद्धिजिवी,व्यापारी, जनप्रतिनधी,सञ्चारकर्मी लगायत सहभागी थिए ।


    ADVERTISEMENT

    images

    सभालाई बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी,समाजका जिल्ला उपाध्यक्ष यूवराज के.सी.,रा.न.पा. ८ नं. वडाका अध्यक्ष चिन्तामणि आचार्य,४ नं. वडाका रमन कुमार रेग्मी लगायतले सम्बोधन गर्नु भएको थियो भने विकास प्रेमी यूवा समाज बर्दियाका सल्लाहकार सुर्य के.सी.ले संचालन गर्नु भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij