Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्थानीय ज्ञान र वैज्ञानिक अध्ययनको संगमः तल्लो कर्णालीमा बाढी जोखिम नक्साङ्कन प्रमाणीकरण

  • 379
    SHARES
  •  

    तल्लो कर्णाली जलाधार क्षेत्रमा जलवायु–उत्थानशील तथा सामाजिक रूपमा समावेशी जल व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियाको गेरुवा गाउँपालिकामा जलवैज्ञानिक नमूना निर्माण तथा बाढी जोखिम मूल्याङ्कन सम्बन्धी अध्ययन प्रस्तुतीकरण, छलफल तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ।


    ADVERTISEMENT

    images

    आईएचई डेल्फको आर्थिक सहयोगमा स्मालअर्थ नेपाल, किर्डाक नेपाल, त्रिभुवन विश्वविद्यालय तथा थारु महिला उत्थान केन्द्रको साझेदारीमा सञ्चालित “तल्लो कर्णाली जलाधार क्षेत्रमा जलवायु–उत्थानशील र सामाजिक रूपमा समावेशी जल व्यवस्थापन प्रवर्द्धन परियोजना” अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

    yfgLo 1fg  j}1flgs cWoogsf] ;+udM tNnf] s0ff{nLdf af9L hf]lvd gS;fÍg kdf0fLs0f (2).jpg

    कार्यक्रममा अध्ययनबाट प्राप्त प्रारम्भिक नतिजा प्रस्तुत गर्दै बाढीको उच्च जोखिममा रहेका बस्ती, कृषि क्षेत्र, सार्वजनिक पूर्वाधार तथा अन्य संवेदनशील स्थानहरूको पहिचान गरिएको जानकारी दिइएको थियो। साथै जोखिम न्यूनीकरणका सम्भावित उपायहरूबारे पनि छलफल गरिएको थियो।

    अध्ययनको प्रारम्भिक नतिजामाथि सहभागीहरूलाई समूहमा विभाजन गरी छलफल गराइएको थियो। समूहगत छलफल तथा प्रस्तुतिकरणमार्फत सहभागीहरूले जोखिम क्षेत्र, सम्भावित प्रभाव, स्थानीय अवस्था तथा अध्ययनका निष्कर्षबारे सुझाव दिएका थिए। स्थानीय समुदायको अनुभव, सुझाव र ज्ञानलाई अध्ययनको अन्तिम प्रतिवेदनमा समावेश गरिने जनाइएको छ।

    yfgLo 1fg  j}1flgs cWoogsf] ;+udM tNnf] s0ff{nLdf af9L hf]lvd gS;fÍg kdf0fLs0f (3).jpg

    छलफलपछि वैज्ञानिक अध्ययन र स्थानीय अनुभवलाई आधार मानी तयार गरिएको बाढी जोखिम नक्साङ्कनको प्रमाणीकरण (भ्यालिडेसन) समेत गरिएको थियो। यस प्रक्रियाले अध्ययनलाई थप यथार्थपरक, विश्वसनीय तथा स्थानीय आवश्यकता अनुरूप बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, प्राविधिक विज्ञ, सामुदायिक अगुवा तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु परिवर्तनका कारण बढ्दो बाढी जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन, स्थानीय ज्ञान र समुदायको अनुभवलाई समेटेर योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

    yfgLo 1fg  j}1flgs cWoogsf] ;+udM tNnf] s0ff{nLdf af9L hf]lvd gS;fÍg kdf0fLs0f (1).jpg

    कार्यक्रमबाट प्राप्त सुझाव तथा प्रमाणीकरणका निष्कर्षहरू अध्ययनको अन्तिम प्रतिवेदनमा समावेश गरिने जनाइएको छ। यस अध्ययनले तल्लो कर्णाली क्षेत्रको विपद् जोखिम न्यूनीकरण, जलस्रोत व्यवस्थापन तथा जलवायु अनुकूल विकास योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij