Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकामा वास गेन्स परियोजना समीक्षा तथा औपचारिक हस्तान्तरण सम्पन्न

  • 685
    SHARES
  •  

    गेरुवा गाउँपालिकामा सञ्चालनमा रहेको वास गेन्स परियोजनाको समीक्षा तथा औपचारिक हस्तान्तरण बैठक सम्पन्न भएको छ। आइतवार गाउँपालिका र परियोजना सल्लाहकार समितिबीच आयोजित उक्त बैठकमा परियोजनाबाट हासिल उपलब्धि, सिकाइ, चुनौती तथा दिगो सञ्चालनका उपायबारे विस्तृत छलफल गरिएको हो।


    ADVERTISEMENT

    images

    Untitled design - 2026-02-09T211636.630.jpg

    युके एड तथा वाटर एडको आर्थिक सहयोगमा, नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालको प्राविधिक सहायतासहित वेस संस्थाद्वारा सञ्चालित वास गेन्स परियोजना सन् २०२३ अप्रिलदेखि कार्यान्वयन हुँदै आएको हो। बैठकमा परियोजना सन् २०२६ मार्चसम्म चरणबद्ध रूपमा समापन गरिने जानकारी दिइयो।

    Untitled design - 2026-02-09T210542.298.jpg

    विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ (संशोधित २०७६) लाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस परियोजनाले विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, शिक्षक, स्थानीय सरकार तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। परियोजनाअन्तर्गत विद्यालयमा पहुँचयुक्त वास संरचना निर्माण तथा मर्मत कार्य गरी सुरक्षित, स्वच्छ र समावेशी सिकाइ वातावरण निर्माण गरिएको छ, जसले दिगो विकास लक्ष्य ४ (गुणस्तरीय शिक्षा) र ६ (स्वच्छ पानी तथा सरसफाइ) मा प्रत्यक्ष योगदान पुर्‍याएको छ।

    Untitled design - 2026-02-09T210631.230.jpg

    परियोजनामार्फत किशोर–किशोरी तथा अपाङ्गता भएका किशोर–किशोरीहरूको शिक्षा अधिकार, बाल अधिकार, वास अधिकार तथा महिनावारी स्वच्छतासम्बन्धी चेतनामा समेत उल्लेखनीय सुधार आएको बताइएको छ।
    बैठकमा विगत तीन वर्षमा सम्पन्न गतिविधि, उपलब्धि, सिकाइ, चुनौती तथा बजेट खर्च विवरण प्रस्तुत गरिनुका साथै वास संरचनाको दिगो सञ्चालन, असल अभ्यासको विस्तार र स्थानीय स्वामित्व सुनिश्चित गर्ने विषयमा खुला छलफल गरिएको थियो।

    Untitled design - 2026-02-09T211011.012.jpg

    छलफलका क्रममा गेरुवा गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा विद्यालय स्वमूल्यांकन गराउने, क्रमशः तारा स्तरोन्नति प्रक्रिया अघि बढाउने, अधिकार तथा स्वच्छतासम्बन्धी सत्र सञ्चालन गर्ने, शिक्षा कचहरी कार्यक्रमलाई निरन्तरता दिने, किशोर–किशोरीमैत्री सूचना केन्द्र सञ्चालन गर्ने तथा पानीको गुणस्तर परीक्षण र सुरक्षा मापदण्डलाई दिगो रूपमा लागू गर्ने निर्णय गरेको छ।

    Untitled design - 2026-02-09T210448.988.jpg

    गाउँपालिका अध्यक्ष जमान सिंह केसीको अध्यक्षतामा सम्पन्न बैठकमा वडा अध्यक्षहरू, अपाङ्गता सञ्जालका प्रतिनिधि, गाउँपालिकाका शाखा प्रमुखहरू, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलगायतको उल्लेख्य उपस्थिति रहेको थियो। अध्यक्ष केसीले वास गेन्स परियोजनाका कारण विद्यालयस्तरमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै परियोजनाबाट प्राप्त सिकाइलाई सबै सामुदायिक विद्यालयमा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले परियोजनालाई धन्यवाद दिँदै अन्तिम कार्यसमापन प्रतिवेदन ग्रहण गर्दै कार्यक्रम समापन गर्नुभयो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij