Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर कवर्डहलमा खेलाडीमाथि अपमान, भौराटप्पा ब्याडमिन्टन ग्रुपको कडा आपत्ति

  • बर्दिया टुडे
  • 4.1K
    SHARES
  •  

    राजापुर नगरपालिका वडा नं. ५, त्रिवेणी बजार (कौवाबजार) स्थित नगरपालिकाको कवर्डहलमा नियमित रूपमा ब्याडमिन्टन खेलिरहेका खेलाडीहरूमाथि नगरप्रमुखसहितको टोलीले अपमानजनक व्यवहार गरेको भनी भौराटप्पा ब्याडमिन्टन ग्रुपले कडा आपत्ति जनाएको छ।


    ADVERTISEMENT

    images

    समूहले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज ४ गते साँझ खेल भइरहेका बेला नगरप्रमुखसहितको समूह अचानक हलमा प्रवेश गरेको थियो। प्रवेश गर्नेहरूमध्ये केही सदस्य मदिरा सेवन गरेको अवस्थामा थिए भने नगरप्रमुख स्वयंले पनि दुर्व्यवहार गर्दै खेलाडीलाई जबरजस्ती कोर्टबाट बाहिर निकाल्ने कार्य गरेका विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा नगरप्रमुखको टोलीका केही सदस्यहरूले “हतियार लिएर लखेट्नुपर्छ” जस्ता उत्तेजक शब्द प्रयोग गरेको, खेलाडीलाई धम्क्याउने र खेलमैदानबाट हटाउने कार्य गरेको आरोप लगाइएको छ।

    साझा सम्पत्तिमा दादागिरीको आरोप

    भौराटप्पा ब्याडमिन्टन ग्रुपले कवर्डहल कुनै व्यक्तिको निजी सम्पत्ति नभई सम्पूर्ण नगरबासीको साझा सम्पत्ति भएकाले त्यहाँ खेलाडीलाई अपमानित गर्नु अस्वीकार्य भएको स्पष्ट पारेको छ। “मदिरा सेवन गरी सार्वजनिक खेल पूर्वाधारमा यस्तो कार्य गर्नु नगरको मर्यादाविरुद्धको घटना हो,” विज्ञप्तिमा भनिएको छ।

    पाँच बुँदे माग

    • ‎घटनापछि समूहले पाँच बुँदे माग अघि सारेको छ।
    • नगरप्रमुखले गल्ती स्वीकार गरी खेलाडीहरूसँग छलफल गर्नुपर्ने,
    • ‎घटनाको निष्पक्ष छानबिन हुनुपर्ने,
    • सबै खेलाडीको समान पहुँच सुनिश्चित हुने नियमावली लागू गर्नुपर्ने,
    • खेल पूर्वाधारमा राजनीतिक वा व्यक्तिगत दादागिरी निषेध गर्नुपर्ने,
    • र कवर्डहल व्यवस्थापनमा समूहसँग समन्वय गर्नुपर्ने माग गरिएको छ।

    खेलाडीहरूको चेतावनी

    ‎“खेल भनेको एकता, मर्यादा र स्वच्छ प्रतिस्पर्धाको प्रतीक हो तर यसप्रकारको व्यवहारले खेल वातावरण मात्र होइन, सम्पूर्ण नगरको छवि नै बिगारेको छ,” विज्ञप्तिमा उल्लेख छ।

    समूहले आफ्नो माग तुरुन्त सम्बोधन नभएमा अन्य विरोध कार्यक्रम अघि सार्ने चेतावनीसमेत दिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij