Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दुर्घटनामा २ जनाको ज्यान गयो एक जना गम्भीर घाइते

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    हुलाकी राजमार्ग अन्तरगत बर्दियाको गुलरिया-राजापुर सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।


    ADVERTISEMENT

    images

    ‎गुलरियाबाट सानोश्रीतर्फ आउँदै गरेकोे भे ६ प ५४१ नम्बरको मोटरसाइकल र मधुवनबाट गुलरिया तर्फ जाँदै गरेको भे १३ प २६६९ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका ८ लालसिँह चोक नजिक शनिवार राति ११ बजेतिर आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको हो  ।

    ‎दुर्घटनामा मोटरसाइकल चालक मधुवन नगरपालिका ८ का ३२ वर्षिय टंक बहादुर बिसि र अर्का मोटरसाइकल चालक गुलरिया नगरपालिका २ का २८ देवानन्द यादवको जिल्ला अस्पताल गुलरिया पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

    ‎यादवको मोटरसाइकलमा सवार गम्भीर घाइते अनुपम यादवलाई थप उपचारका लागि राति नै नेपालगन्ज लगिएको  छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij