Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‎बर्दियाको मधुवन नगरपालिका वडा नं. ८ वालविवाह मुक्त वडा घोषणा

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    ‎बर्दियाको मधुवन नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ ।


    ADVERTISEMENT

    images

    WhatsApp Image 2025-05-03 at 20.37.37_83437773.jpg

    ‎एक समारोहका विच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाको प्रमुख आतिथ्यतामा वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

    WhatsApp Image 2025-05-03 at 20.37.36_f8a8a377.jpg

    ‎पालिकाको बालविवाह अन्त्यकालागि  रणनितिक योजना अनुसार वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ । वडामा गरिएको सर्वेक्षण अनुसार १४ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।

    WhatsApp Image 2025-05-03 at 20.39.17_0e4c1710.jpg

    ‎मधुवन नगरपालिकालाई नै वालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह      (वि ग्रुप ), बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैर सरकारी संस्थाहरु विगत ३ वर्ष देखि कृयाशील छन् । यस अधि मधुवन नगरपालिकाको वडा नं. ४ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij