Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

खरखडाइ कटाइमा व्यस्त मध्यवर्ती क्षेत्रका स्थानीय

  • 2.1K
    SHARES
  •  

    बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय यतिबेला निकुञ्जमा खरखडाइ कटाइमा व्यस्त छन् । फागुन ९ र १० गते दुई दिन निकुञ्ज खुल्ला गरिएपछि उनीहरु खरखडाइ कटाइमा लागेका हुन् ।


    ADVERTISEMENT

    images

    मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यकतालाई मध्यनजर गरी हरेक वर्ष पुस, माघ तथा फागुन महिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ । निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्षभरीका लागि घर, गोठ छाउन आवश्यक खरखडाइ, सेठा, कुचो र बाबियो लगायतका सामग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन् ।

    निकुञ्ज प्रवेशका लागि ठाकुरद्वारा, मोतीपुर, पाताभार, गोला, आम्बासा, भुरिगाउँ, सैनवार, परेवावडार, रम्मापुर लगायत ८२ वटा नाकाबाट निकुञ्ज प्रवेश खुला गरिएको छ ।

    खरखडाइका लागि राजश्व वापत प्रतिव्यक्ति ५० रुपैयाँ (भ्याटसहित) र संरक्षण चन्दा शुल्क ५० रुपैयाँ गरी जम्मा एक सय रुपैयाँ शुल्क निकुञ्जले लिने गरेको छ । निकुञ्ज प्रवेशका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

    खरखडाइ काट्नका लागि हसिया र डोरी बाहेक अन्य सामग्री निकुञ्जभित्र लैजान निकुञ्जले निषेध गरेको छ । खरखडाइ बाहेक वन्यजन्तु वा वन्यजन्तुका अंग, काठ, दाउरा, बाँसलगायतका अन्य वन पैदवार निकासी गरेका पाइएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाही हुने निकुञ्जले जनाएको छ ।

    खरखडाइका बेला हुन सक्ने चोरीसिकारलाई मध्यनजर गरी निकुञ्जको सुरक्षामा थप कडाइ गरिएको छ । (मध्यान्ह वाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij