लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुभारम्भ भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुभारम्भ गरेको हो ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आज शुक्रबार आफूले अध्ययन गरेको बर्दियाको गेरुवा गाउँपालिका स्थित एक प्रिय राठौर माध्यमिक विद्यालय पाताभारबाट अभियानको शुभारम्भ गर्नु भएको हो ।
सामुदायिक विद्यालयको सुधारमा उत्तरदायी प्रणालीको विकास गरी शिक्षामा सबैको पहुँच, सहभागिता, गुणस्तर र सान्दर्भिकता अभिवृद्धिमा सरोकारवालाहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले तय गरिएको मेरो विद्यालय मेरो दायित्व अभिपानको आरम्भ लुम्बिनी प्रदेश सरकारबाट लुम्बिनी प्रदेशका १२ जिल्लाका १४ सामुदायिक विद्यालयबाट २०८१ फागुन ९ गते एकै साथ गरिएको छ ।

क्रमशः यो अभियानको प्रदेशका १८०९ स्थानीय तह अन्तर्गतका ४५३१ सामुदायिक र ५४० धार्मिक विद्यालयमा सरोकारवालाहरूको सामूहिक सहभागितामा विस्तार गरी यसका माध्यमबाट सामुदायिक विद्यालयहरुमा गुणात्मक सुधार गर्न खोजिएको छ।
विद्यालयमा रहेका विविध समस्या तथा मुद्दालाई उजागर गरी शैक्षिक सुधारको अभियानलाई उपलब्धिमा आधारित उत्तरदायित्वको लागि एक सामाजिक आन्दोलनको रूपमा यस अभियान लाई प्रदेश सरकारले लिएको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले वताउनु भयो ।

सामाजिक विकास मन्त्री लुम्बिनी प्रदेश सार्वजनिक बिद्यालको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालय प्रतिको जवाफदेहीता वृद्दि गर्न प्रदेश सरकारले कार्यविधि नै निर्माण गरेर शुभारम्भ गरेको अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ ।

आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रियागरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।