Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा बहुमुखी क्याम्पसको उद्घाटन

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    सुदुरपश्चिम विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तर बाट बर्दियाको गेरुवा गाउँपालिका २ पाताभारमा संचालनमा आएको गेरुवा बहुमुखी क्याम्पसको उद्घाटन भएको छ ।


    ADVERTISEMENT

    images

    गेरुवा बहुमुखी क्याम्पस व्यवस्थापन समितिको आयोजनामा आयोजित एक औपचारिक कार्यक्रमक बीच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले क्याम्पसको उद्घाटन गर्नु भएको हो ।

    क्याम्पस २ (1).jpg

    विश्वविद्यालयले व्यवस्थापन संकाय सहित शिक्षाशास्त्र संकाय तर्फ नेपाली र जनसंख्या शिक्षा अध्यापन गराउने गरि अस्थाई स्विकृति प्रदान गरेको छ । क्याम्पस सञ्चालनका लागि धरौटी वापतको ३० लाख रुपैया गेरुवा गाउँपालिका मार्फत व्यवस्थापन गरिएको थियो ।

    चालु आर्थिक वर्ष देखि सञ्चालन हुनेगरी व्यवस्थापन संकाय तर्फ ८८ र शिक्षा शास्त्र संकाय तर्फ ३५० जना गरी जम्मा ४ सय ३८ जना विद्यार्थीले अध्ययन गर्न पाउने गरी विश्वविद्यालयले अध्यापन अनुमती प्रदान गरेको छ ।

    क्याम्पस २ (2).jpg

    हाल लाई एक प्रिय राठौर माध्यमिक विद्यालयको भवनमा सञ्चालनमा ल्याईएको क्याम्पसमा पहिलो सेमेस्टरको भर्ना कार्यक्रममा करिब ५२ जना विद्यार्थी सहभागी भएको क्याम्पस प्रशासनले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij