Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गिरी दाजुभाइले गरे १ लाख बढीको दान !

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा सञ्चालित शिव पुराण तथा भागवत चर्चा ज्ञानविज्ञान महायज्ञ विराट धनधान्याञ्चलमा समाजसेवी गिरी दाजुभाइले १ लाख बढी दान गरेका छन् ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिका वडा नं. ६ प्रसेनीपुर स्थित कल्पेश्वर महादेव मन्दिर परिसरमा आयोजित ॐ कल्पेश्वर महादेव शिव पुराण तथा भागवत चर्चा ज्ञानविज्ञान महायज्ञ विराट धनधान्याञ्चल -२०८१ मा समाजसेवी युवा गोपाल गिरी र अमेरिका निवासी उनका सहोदर भाई वसन्त गिरीले संयुक्त रुपमा १ लाख १ हजार १ सय ११ रुपैयाँ दान दिएका हुन् ।

    कल्पेश्वर मन्दिरको समग्र विकासका लागि ज्ञान विज्ञान महायज्ञ तथा धनधान्याञ्चलको आयोजना गरिएको हो । माघ १७ देखि सञ्चालन भएको महायज्ञ २३ गते सम्म सञ्चालन हुनेछ ।

    पछिल्लो समय गिरी दाजुभाइले समाज सेवामा अग्रसरता देखाउँदै आएका छन् । उनीहरूले समाज सेवाको रूपमा यस वडाको समग्र हितकालागि महत्व पूर्ण योगदान दिएका छन ।

    यस अघि गिरी दाजुभाइले आफ्ना स्वर्गीय मातापिता गिरिराज गिरी तथा कृष्णदेवी गिरी र कृष्णादेवी गिरीको सम्मानमा गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रसेनीपुरमा ३ लाख रुपैंयाको अक्षयकोष स्थापना गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij