Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

८२ प्रतिशत दलित महिलाहरु घरेलु हिंसामा

  • 1.2K
    SHARES
  •  

    दलितका सवालमा विगत लामो समय देखी आवाज उठाउँदै आएको दलित महिला संघले बर्दियाका सञ्चारकर्मी हरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । मुख्यतः सञ्चार माध्यममा दलित महिलाको पहुच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिकाको विषयमा अन्तरक्रिया गरिएको हो ।


    ADVERTISEMENT

    images

    अन्तरक्रिया कार्यक्रममा विगत १८ बर्ष देखी बर्दिया जिल्लामा काम गर्दै आएको दलित महिला संघले कुनै पनि व्यक्ति लिंग,जाती विभेदको आधारमा कोही पनि अपमानित हुन नपरोस भन्ने कुरामा वकालत गर्दै आएको जनाइएको छ। घरेलु हिंसामा दलित महिलाहरु निकै प्रताडित परेको बताउँदै दलित महिला संघ बर्दिया संयोजक हिमा सुनारले पछिल्लो तथ्याङ्क लाई जनाउँदै नेपाल भरी ८२ प्रतिशत दलित महिला हरु घरेलु हिंसामा परेको बताउनु भयो ।

    दुर्घटना (5).jpg

    हिंसामा परेका महिला हरुको आय आर्जन तथा जिवन यापनमा धेरै कठिनाईहरु आउने गरेको सुनारले बताउनु भयो । हिंसामा परेका महिलाहरुलाई आर्थिक रुपमा शसक्त बनाउनका निमित्त संस्थाले विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको समेत संयोजक सुनारको भनाई रहेको थियो ।

    दलित समुदायको स्तर उन्नतीका निमित्त स्थानीय पालिकाहरुले पनि दलित शसक्तिकरण विधेयक पारित गरिसकेको छ। बर्दिया जिल्ला भरीको अभियान भएता पनि मुख्यत : संस्थाले गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा काम गर्दै आएको छ। मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाले दलित शसक्तिकरण विधेयक पारित गरिसकेको छ भने दुई पालिकामा अझै कार्य भै रहेको छ ।

    कार्यक्रममा जिल्ला भरीका आमन्त्रीत संञ्चारकर्मी हरुको उपस्तिथीमा जातीय विबेध, घरेलु हिंसा, यौनिक हिंसा लगायत विषयमा छलफल भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij