बर्दियामा बाल विवाह गरी सकेका तथा बाल विवाहको जोखिममा रहेका युवा महिलालाई किराना समान र जुत्ता बनाउन आवश्यक पर्ने सामाग्री प्रदान गरिएको छ ।
जिल्लाका विभिन्न पालिकाका ६ जना युवा महिलालाई किराना पसल सञ्चालन गर्न र थप अरू ६ जनालाई जुत्ता बनाउने पसल सञ्चालनका लागी सामाग्री प्रदान गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका विपन्न घर परिवारका युवा महिलाहरूको आर्थिक अवस्थामा थप सुधार लाउने उद्धेश्यका साथ बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत मधुवन नगरपालिकाका ६ जना युवा महिलाहरूको लाई CTEVT को पाठ्यक्रममा आधारित ३९० घण्टाको जुता बनाउने तालिम सहित आवश्यक सामानहरू हस्तान्तरण गरिएको परियोजना संयोजक खेमराज भण्डारीले जानकारी गराउनु भएको छ ।
जुत्ता तयार गर्न आवश्यक सामाग्री हस्तान्तरण कार्यक्रममा मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरी र नगरपालिकाका प्रवक्ता लगायत वि ग्रुपका बाल विवाह न्यूनीकरण परियोजना प्रवन्धककको सहभागिता रहेको थियो ।
लक्षित कार्यक्रममा अनुसार प्रति व्यक्ति ७९ हजार ५ सय ५९ का दरले ६ जनालाई करिब ४ लाख ७७ हजार ३ सय ५५ रुपैयाँ बराबरको जुता बनाउने मेसिन सहित अन्य आवश्यक सामानहरू सहयोग गरिएको भण्डारीले बताउनु भयो ।
सोही परियोजना अनुसार बर्दियाको बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका २/२ जना गरी जम्मा ६ जनालाई प्रति व्यक्ति ८० हजारका दरले गरी ४ लाख ८० हजार बराबरको किराना पसलमा विक्री हुने विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।
खास गरी गाउँमा बाल विवाहमा परि सकेको परिवारको आमाको आर्थिक अवस्था एवं बालबालिका भए उनीहरूको अध्ययनमा सहयोग पु¥याउन सहज अपेक्षाका साथ समाग्रीहरु प्रदान गरिएको जनाइएको छ ।