Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वन संरक्षण नहुनुमा वन अतिक्रमण प्रमुख चुनौती

  • 1.3K
    SHARES
  •  

    बर्दियामा सबै भन्दा बढी वन अतिक्रमण भएको खुलासा गरिएको छ । बर्दियाको वनको जग्गाहरू अधिकांश स्थानमा अतिक्रमणमा परेको बताइएको छ । बर्दियाको ३ सय हेक्टर बन अतिक्रमण परेको जनाइएको छ ।


    ADVERTISEMENT

    images

    दिगो बन व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बर्दियाका पत्रकार संग शुक्रवार गुलरियामा गरिएको अन्तरक्रियामा डिभिजन बन कार्यालय बर्दिएका प्रमुख विजयराज सुवेदी यस्तो जानकारी गराउनु भएको हो ।

    बन अतिक्रमण नियन्त्रण, बन डढेलो नियन्त्रण, चोरी कटानी वन्यजन्तु सिकारी नियन्त्रण र बन क्षेत्रमा माटो नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्नुपर्ने उहाँले बताउनु भयो । समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय बर्दियाले दिगो वन व्यवस्थापन तथा संवर्धन प्रणाली कार्यानवयन बन सृद्धीकरण सम्बन्धी पूर्ण जानकारी सुवेदीले गराउनु भयो ।

    वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी प्रदेश सरकारले कानुन पारित गरेर कार्यान्वयनमा ल्याइसकेको बताउँदै मापदण्ड अनुसार कटान भएर आएको रुखहरूको उत्पादन जस्ताको त्यस्तै हुनुपर्नेमा जोड दिनु भयो । वैज्ञानिक रूपमा बन व्यवस्थापन हुन नसक्दा बर्दियामा हजारौँ क्यूफिट रुखहरू बाहिर बाट बाक्लो देखिएता पनि भित्री रूपमा जीर्ण हुँदै गएको कार्यक्रममा सुवेदीले उल्लेख गर्नु भयो ।

    वनमा बुढा रुखहरूको बाहुल्यता, रुखहरू धोद्रो हुँदै जानुका साथै रुखहरू साइजको अनुपात नमिलेकोले वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन संवर्द्धन प्रणाली अनुसार वन व्यवस्थापन गर्न वनको वैज्ञानिक व्यवस्थापन सुरु भएको उहाँले बताउनु भयो ।

    आगामी दिनमा कार्यविधि बनाई ३ देखी ४ लाख क्यूफिट काठ उत्पादन गर्ने लक्ष्य राखिएको छ । लुम्बिनी प्रदेश सरकारले “वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९जारी गरिसकेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij