बारबर्दियाको जयनगरमा सप्ताह ज्ञान महायज्ञ हुँदै
बारबर्दिया नगरपालिका स्थित जयनगरमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर कोठारपुरको प्राङ्गणमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा बर्दिया जिल्लामा श्रीकृष्ण प्रणामी धर्म उदय भएको एक शताब्दि र कोठारपुर मन्दिरको स्थापना भएको २५ औ वर्ष पुरा भएको अवसर पारेर श्रीमत्तारतम सागर ब्रह्मवाणी १२५ पाठ पारायन तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ गरिन लागेको हो ।
समाजमा अहिंसा, प्रेम, समता एवं सेवाभाव अभिवृद्धि गरी प्रत्येक व्यक्तिको जीवनलाई अध्यात्म उन्मुख वनाउदै हिन्दु धर्मको धर्म रक्षार्थ ज्ञान महायज्ञको आयोजना गरिएकोज्ञान महायज्ञ मुल समारोह समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।।
मंसिर २४ गते ३० गते सम्म सञ्चालनहुने धार्मिक सप्ताहमा ५० हजार श्रद्धालु भक्तहरुको सहभागीता रहने जनाईएको छ । ५ हजार भक्तालुहरुलाई दैनिक भोजनको व्यवस्था तथा २ हजार पाहुनालाईआवासको व्यवस्था गरिएको छ। ज्ञान महायज्ञ लाई व्यवस्थित गर्न ३०० स्वयम सेवक परिचालन गरिने मूल समारोह समितिका संयोजक कृष्ण प्रसाद सापकोटाले जानकारी दिनु भयो ।
महायज्ञमा श्री ५ नवतनपुरीधाम, मंगलपुरीधाम, पदमावती धामका श्रीकृष्ण प्रणामी धर्माचार्य श्री विभूषित जगदगुरुहरुको शुभ आशीर्वचन रहने र विभिन्न धर्मपिठबाट आमन्त्रित श्री १०८ महाराजजी एवम् गादीपति ज्यूहरुद्वारा धार्मिक प्रवचनको कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ । त्यस्तै महायज्ञमा १२५ जना बटुकहरुद्वारा श्रीमत्तारतम सागर ब्रह्मवाणी पाठपारायण गरिने छ।
महायज्ञको दोश्रो दिन पूर्व राजा ज्ञानेन्द्र शाह पनि आउने कार्यक्रम रहेको बताईएको छ। महायज्ञमा ५० लाख खर्च हुने र करीव १ करोड रुपैया आम्दानी हुने अनुमान आयोजकले गरेको छ।