Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवामा किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका विषयमा छलफल

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे छलफल सम्पन्न भएको छ ।
    ‎गेरुवा गाउँपालिकाको समन्वय तथा प्लान इन्टरनेसनल नेपाल र कोरिया इन्टरनेशनल कोप्रेसन एजेन्सी (कोईका) को आर्थिक सहयोगमा  राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले कार्यक्रमको आयोजना गरेको हो ।


    ADVERTISEMENT

    images

    किशोर किशोरी यौन तथा प्रजनन्, स्वास्थ्य अधिकारका सवालमा स्थानीय तह र सरोकारवालाहरु लाई थप जिम्मेवार बनाउन कार्यक्रमको आयोजना गरिएको किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार परियाेजनाकी अनुगमन तथा मूल्यांकन अधिकृत सुमित्रा पौडेलले बताइन् ।

    WhatsApp Image 2024-12-02 at 18.21.05_9715490f.jpg
    undefined

    ‎कार्यक्रममा नेपाल तथा बर्दिया र गेरुवा गाउँपालिकामा किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्यको वर्तमान अवस्था, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी नीतिगत व्यवस्था, संवैधानिक व्यवस्था, नेपालले प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय नीतिगत व्यवस्थाहरू, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनमा भएका व्यवस्थाहरुको बारेमा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय बर्दियाकी पब्लिक हेल्थ नर्स अधिकृत पदमा श्रेष्ठले परियोजनाले सञ्चालन गरेका र गर्ने कार्यहरूका बारेमा जानकारी गराएकी थिइन् ।

    ‎गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षता तथा अध्यक्ष जमान सिंह के. सी. को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू, परियोजना विषयगत शाखाका प्रमुखहरू, परियोजना सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वास्थ्य चौकीका प्रतिनिधि, विद्यालयमा गठित किशोर किशोरी क्लबका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij