लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गुलरिया नगरपालिका वडा नं ८को आयोजना मा लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने मूल नाराका साथ बर्दियाको गुलरिया नगरपालिका वडा नं ८मा ऱ्याली कार्यक्रम सम्पन्न भएको छ ।
गुलरिया नगरपालिका वडा नं ८को आयोजना तथा माइती नेपाल को समन्वय तथा सहकार्यमा रयाली कार्यक्रम गरिएको हो । गुलरिया नगरपालिका वडा नं ८ आशापुर गाउँको परिक्रमा गरी कोण सभामा परिणीत भई ऱ्याली कार्यक्रम सम्पन्न भएको जनाइएको छ।
ऱ्याली कार्यक्रममा अध्यक्षता गर्नु भएका गुलरिया नगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाले महिलाहरूले हिंसा सहेर बस्नु हुँदैन आ आफ्नो ठाउँबाट हिंसा रोक्नुपर्छ भन्ने कुरामा जोड दिनु भयो।
उक्त सचेतना मूलक कार्यक्रममा विभिन्न महिला हिंसा अन्त्य गरौँ जस्ता नाराहरू सहितको प्ले कार्ड, र ब्यानर लिएर गाउँ परिक्रमा गरिएको थियो ।
माइती नेपालले मानव बेचबिखन , घरेलु हिंसा , महिला हिंसा, लैङि्गक हिंसा र बाल विवाह रोकथाम र न्यूनीकरण गर्नका लागी यस्ता खालका कार्यक्रमहरू गर्दै आएको माइती नेपालको बारेमा समेत जानकारी गराई सम्पूर्ण लाई स्वागत माइती नेपाल बाट गरिएको माइती नेपाल की संयोजक गायत्री रिमालले बताउनु भयो ।
ऱ्याली कार्यक्रममा स्थानीय महिला तथा पुरुषहरू , जनप्रतिनिधि साना हातहरू नेपालकी विमला नेपाली , रोविका आचार्य लगायत संस्थाका प्रतिनिधि , आशिष सामाजिक सेवा नेपालकी हिरा रसाइली , जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रतिनिधि , विद्यालयका शिक्षक लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।