Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा जोखिम मोल्दै सीमा पार गर्न लागेका ५२ महिलालाई फिर्ता गराइयो

  • 1.6K
    SHARES
  •  

    विभिन्न बहना गरी जोखिम मोल्दै सीमापार गर्न लागेका बर्दियाका ५२ महिलालाई फिर्ता गरिएको छ ।


    ADVERTISEMENT

    images

    बर्दियामा ४ वर्ष देखी काम गर्दै रहेको शान्ति पुनर्स्थापना गृहले जिल्लाका विभिन्न सिमानाका बाट उनीहरूलाई सोधपुछ गरी घर पठाएको हो ।

    जिल्लाका सीमावर्ती पालिकाहरू बढैयाताल गाउँपालिकाको कण्ठपुर सीमा, गुलरिया नगरपालिकाको गणेशपुर र सुरजपुर यस्तै मधुवन नगरपालिको धनौरा स्थित सीमा नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिममा रहेका महिलालाई आवश्यक सोधपुछ गरी मात्र सीमापार गर्न दिने वा परामर्श दिने कार्य गर्दै आएको छ ।

    Untitled design (91).jpg

    बिहीबार गुलरियामा आयोजित वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा १ वर्षको प्रतिवेदनमा सीमाहरुबाट बर्दियाका ५२, सुर्खेतका १, कैलालीका ३, बाँकेका ९, डडेल्धुराका १, दैलेखका २, र उदयपुरको १ जना गरी जम्मा ६९ जना महिलाहरूलाई सीमाबाट फिर्ता गराएको गृहका जिल्ला संयोजक सपना शर्माले बताउनु भयो ।

    शर्माले एक वर्षे अवधिमा संस्थाले ७ हजार १ सय ८४ जना महिला तथा बालबालिकालाई परामर्श, ४० जनलाई अभिभावक सँग हस्तान्तरण गरिएको, २९ जनलाई प्रहरीलाई सिफारिस गरी प्रहरीकै रोहवरमा अभिभावकलाई हस्तान्तरण गरिएको र ६९ जनालाई उद्धार गरिएको बताउनु भएको छ ।

    Untitled design (90).jpg

    कार्यक्रमकी प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य मालती सोडारीले बालबालिकाले गर्ने गल्तीको प्राय आमाहरूले नै ढाकछोप गर्नले सन्तान गलत बाटो लाग्न पुग्ने गरेको बताउनु भयो । मानव बेचविखन तथा महिला हिंसा पूर्ण रूपमा निर्मूल पार्न नसके पनि रोकथामका लागी पहल गर्न आवश्यक रहेको सुझाव दिनु भयो । मानव बेचविखन तथा महिला हिंसाविरुद्ध सबैको एक आवाज हुनुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकारको तर्फबाट आवश्यक रकम विनियोजन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    Untitled design (92).jpg

    संस्थाकी केन्द्रीय अध्यक्ष शान्ता सापकोटाले सीमामा बसी सेवा दिइरहेका महिला कर्मचारीको सुरक्षा गरिदिन प्रहरीलाई आग्रह गर्नु भयो । विना वर्दिमा भए पनि सीमामा बसेर महिला बाल बालिकाको जिउ ज्यानको सुरक्षामा लागेका कर्मचारीलाई प्रेरणाको आवश्यकता रहेको बताउनु भयो ।

    सापकोटाले हामीलाई अभावले छेक्ला, धेरै अवरोध आउलान् तर आफू र आफ्नो संस्थाका सदस्यहरु यस वाट विचलित नभई अभियानमा निरन्तर लागी सेवा गरिरहने बताउनु भयो ।

    Untitled design (93).jpg

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी, सशस्त्र प्रहरीका प्रतिनिधिले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सरोकारवाला निकाय सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij