बर्दियाको बाँसगढी नगरपालिकामा मनोविमर्श कक्षको उद्घाटन तथा सेवा शुभारम्भ गरिएको छ ।
बाँसगढी नगरपालिका वडा न ७ स्थित डेउढाकला स्वास्थ्य चौकीमा मनोविमर्श सेवा वुधवार देखि शुभारम्भ गरिएको हो ।
द्वन्द्व प्रभावित परिवार तथा मनोसामाजिक समस्यामा भएकाहरूलाई मनोविमर्श दिने उद्येश्यले मनोविमर्श कक्षको स्थापना गरिएको हो ।
लैङ्गिक न्यायप्रति जबाफदेहिता कार्यक्रम अन्तर्गत थारु महिला उत्थान केन्द्रले नगरपालिकासँग समन्वय गरी मनोविमर्श सेवा सञ्चालनमा ल्याएको हो ।
मनोविमर्श कक्षको उद्घाटन बाँसगढी नगरपालिकाका प्रमुख खडक बहादुर खड्काले गरेका थिए ।
उद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रममा थारु महिला उत्थान केन्द्र बर्दिया संस्थापक सदस्य प्रिज्मा थारुले विगत लामो समयदेखि थारु महिला उत्थान केन्द्रले मनोसामाजिक सेवामा बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा समुदाय स्तरमा काम गर्दै आएको वताउनु भयाे ।
कार्यक्रममा द्वन्द्व प्रभावित पारिवारका सदस्य, जिल्ला समन्वय समिति सदस्य,गाउँका बर्घर कार्यपालिका सदस्य स्वास्थ्यकर्मी, शिक्षक, जेष्ठ नागरिक, सबै वडाका जनप्रतिनिधि लगायत स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।