विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता बर्दियाको बढैयाताल गाउँपालिकामा सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरेसल नेपाल को साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाकाे आर्थिक सहयोग र बढैयाताल गाउँपालिकाको समन्वय तथा गाउँपालिका स्तरीय युवा सञ्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
बुधवार सम्पन्न प्रतियोगितामा परियोजना सञ्चालित ६ विद्यालयका बालबालिकाहरूको सहभागिता रहेको थियो ।
बढैयाताल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा स्थान भगवती माध्यमिक विद्यालयका विकास अधिकारी प्रथम, ज्ञानज्योति मा.वि.का खेमा गन्धर्व दोस्रो, सरस्वती माध्यमिक विद्यालयका निश्चल परियार तेस्रो र सरस्वती मा. वि. का त्रिशला रेग्मीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
यसै गरी गुलरिया नगरपालिका वार्ड नं ११ -डल्लापुर गाउँमा रहेको गौरीशङ्कर माविमा गणित रिले खेलको प्रतियोगिताका साथै गुलरिया नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय सम्भुसरण माविमा चित्रकला प्रतियोगिता आयोजना गरिएको सशक्त बालिका परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनुभयो ।