Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अपाङ्गता मैत्री सेवा प्रवाहका लागि स्वास्थ्य सेवा प्रदायकहरूलाई ३ दिने प्रशिक्षण

  • 1.5K
    SHARES
  •  

    बर्दियाको गुलरियामा अपाङ्गता मैत्री सेवा प्रवाहका लागि स्वास्थ्य सेवा प्रदायकहरूलाई प्रशिक्षण आरम्भ गरिएको छ ।


    ADVERTISEMENT

    images

    ‎प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित  शसक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले  कार्यक्रमको आयोजना गरेको हो ।

    ‎स्वास्थ्य सेवालाई सरल र व्यवस्थित बनाउँदै अपाङ्गता मैत्री सेवा प्रवाहका लागि कार्यक्रम प्रशिक्षण कार्यक्रम  सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

    ‎कार्यक्रममा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार का साथै बाल मैत्रेय सेवा र नेपाल सरकारका यौन तथा प्रजनन स्वास्थ्य सेवा अधिकार, नीति निर्देशिका बारेमा सहजीकरण गरिने  बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु भयो ।

    ‎‎मङ्गलवार देखि सुरु भएको प्रशिक्षण कार्यक्रममा गुलरिया नगरपालिकाका १२ वटै वडाका स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिहरू सहभागी छन् । 

    ३ दिन सम्म चल्ने कार्यक्रमको सहजीकरण स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रशिक्षक विनोद जोशीले गरिरहनु भएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij