Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शिक्षकहरूलाई वृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेज सम्बन्धमा अभिमुखीकरण

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    बर्दियाको गुलरियामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई वृहत विद्यालय सुरक्षा न्यनतम प्याकेज सम्बन्धमा अभिमुखीकरण गराइएको छ । 


    ADVERTISEMENT

    images

    विभिन्न खाले विपद्ले शैक्षिक स्तरलाई समेत कमजोर बनाउने भएको हुँदा जिल्लाको समग्र शैक्षिक स्तरलाई थप गुणस्तरीय बनाउँदै विद्यालयलाई सुरक्षित र भरपर्दो बनाउनका लागि वृहत विद्यालय सुरक्षा न्यनतम प्याकेज नै तयार गर्ने गरि प्रधानाध्यापक तथा शिक्षकहरूलाई अभिमुखीकरण गराइएको हो । 

    56a14ffe-888c-4c9b-822d-dd83bdf85ea1.jpeg
    undefined

    विभिन्न खाले विपद्ले शैक्षिक स्तरलाई समेत कमजोर बनाउने भएका बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वय, प्लान इन्टरनेशनल नेपालको सहयोग र भेरी वातावरणीय विशिष्‍टता समुह (बि ग्रुप) को आयोजनामा वृहत विद्यालय सुरक्षा न्यूनतम प्याकेज नै तयार गर्ने गरि २ दिन सम्म शिक्षकहरूलाई अभिभुखिकरण गराइएको थियो ।

    वृहत विद्यालय सुरक्षा फ्रेमवर्क, विद्यालय सुरक्षा न्यूनतम प्याकेज, न्यनतम प्याकेज कार्यान्वयन कार्यविधि र स्थानीय तह तथा विद्यालयको योजनामा सहयोग पु¥याउन सक्षम बनाउने गरि शिक्षक तथा प्रधानाध्यापकहरूलाई अभिभुखिकरण गराइएको भेरी वातावरणीय विशिष्‍टता समुह (वि ग्रुप) का कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माले बताउनु भयो । 

    acd74505-358c-47c8-8b17-6b489b55b3e6.jpeg

    अभिमुखीकरण कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइ बर्दिया प्रमुख सुर्य खत्री विद्यालयहरू शैक्षिक स्तर सँग सँगै संरचनागत सुधारको आवश्यकता रहेको बताउनु भयो । तालिमका सहजकर्ता एवं पूर्व योजना आयोगका सदस्य शिक्षा विद् जित बहादुर शाह अभिमुखीकरणमा सिकेका कुराहरू आ–आफ्नो विद्यालयमा लागू गर्न आग्रह गर्नुभयो ।

    २ दिन सम्म सञ्चालन गरिएको अभिमुखीकरणमा परियोजनाले समेटेका जिल्लाको मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरबाबा, र बारबार्दिया नगरपालिकाका २० वटा विद्यालयका प्रधानाध्यापक र शिक्षक गरी अध्ययन २० जनाको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij