Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको भौरा क्षेत्रमा व्यवसायिक कृषि तथा पशु पालन व्यवसाय फस्टाउदै

प्राविधिक ज्ञान र अनुदान कमी भएको किसानहरुकाे भनाई
  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  • बर्दियाको भौरा क्षेत्रमा व्यवसायिक कृषि तथा पशु पालन व्यवसाय फस्टाउदै गएको छ । परम्परागत रुपमा निर्वाह मूखी खेति किसानी गर्ने गरेका यस क्षेत्रका किसानहरु अहिले तरकारी खेती र भैसी पालन तर्फ आकर्षित हुन थालेका छन् ।

    खेती गरेर आफ्नो परिवारको उन्नती हुन नसक्ने देखेर आफु जग्गा भाडामा लिएर तरकारी खेतीमा लागेको राजापुर नगरपालिका वडा नं. ३ मुरैयाका किसान कन्हैया थारुले वताउनु भयो ।


    ADVERTISEMENT

    images

    आफुले मौषमी र बेमौषमी दुबैखाले व्यवसायिक तरकारी गर्ने गरेको र एक वर्षमा करिव ४ लाख सम्म कमाई हुने गरेको वताउनु भयो । प्राविधिक रुपमा खेतिको ज्ञान नभएर सोचे झै कमाई नभए पनि आफु सन्तुष्ट भएको थारुको भनाई छ ।

    भैसी पालन फम सञ्चालन गर्नु भएका राजापुर ३ रजपुरुवाका किसान राजेन्द्र प्रसाद चौलागाईले भैसी पालनमा आफु खुशी भएको वताउनु भयो । युवाशक्ति कामका लागि विदेशिने गरेको दुख देखेर आफ्नो घरमा पनि यस्तै हुन सक्ने भन्दै भैसी पालन सुरु गरेको चौलागाईको भनाई छ ।

    अहिले आफ्नो घरका ५ सदस्य भैसी पालनमै व्यस्त भएको भन्दै कमाई पनि हुदै गएको वताउनु भयो । अहिले नगरपालिका भरी नै वयवसायिक खेती गर्ने पशु पालन गर्ने फम खोल्न निवेदन दिनेको संख्या वढ्दै गएको राजापुर नपा वडा नं. ३ का वडा सदस्य लौटन थारुले वताउनु भयो ।

    व्यवसायिक खेतीगर्ने किसानलाई प्राविधिक ज्ञानको अभाव भएको भन्दै किसानलाई आउने अनुदान किसानले नै पाएमा यो क्षेत्रमा व्यवसायिक खेतीगर्ने किसान बढ्दै जाने देखिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij