Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मधुवनमा सुरक्षित र समावेशी सिकाइ वातावरण विषयक क्षमता विकास गोष्ठी सम्पन्न

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालिका वडा नं. ८ मा विद्यालय सरोकारवालाहरूका लागी सुरक्षित र समावेशी सिकाइ वातावरण विषयक क्षमता विकास गोष्ठीको आयोजना गरिएको छ । 


    ADVERTISEMENT

    images

    मधुवन नगरपालिकाको समन्वयमा बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्‍टता समूह (बि–ग्रुप) बाँकेको साझेदारीमा गोष्ठीको आयोजना गरिएको हो । 

    Untitled design (65).jpg

    गोष्ठीमा सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणका लागी विद्यालयका सरोकारवाला पक्ष विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घको भूमिका लगायत विद्यालयमा समावेशी वातावरण निर्माण गर्ने विषयमा छलफल गर्दै गुणस्तरीय शिक्षा र समावेशी वातावरण निर्माणका लागी कार्ययोजना समेत निर्माण गरिएको थियो । 

    विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारी एवम् कर्मचारी गरि गोष्ठीमा करिब २५ जनाको सहभागिता रहेको थियो । 

    गोष्ठी शुक्रवार देखि २ दिन सम्म चलेको थियो ।

    सम्बन्धित विषय:

    वि ग्रुप

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij