Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बालविवाह न्यूनीकरणका लागि सांस्कृतिक कार्यक्रम

  • 1.6K
    SHARES
  • दशैंको अवसर पारेर बर्दियाको गेरुवा गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

    वडा नं. ५ को आयोजना तथा प्लान इन्टरनेसनल नेपाल, एक्सन एड, राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दिया, भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप) र कमैया महिला जागरण समाज नेपाल, बर्दियाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    Untitled design (41).jpg

    संस्कृति संरक्षण गर्दै समाजमा फैलिएको बालविवाह न्यूनीकरणका लागि सांस्कृतिक कार्यक्रममार्फत समुदायको चेतना अभिवृद्धि गर्नका लागि कार्यक्रमको आयोजना गरिएको गेरुवा गाउँपालिका ५ नं. वडाका वडाध्यक्ष धर्म प्रकाश थारूले बताए ।

    ‘नगरौँ बिहेको कुरा, भाको छैन २० वर्ष पूरा’ भन्ने’ नाराका साथ सम्पन्न भएको कार्यक्रममा वडा नं ५ मा रहेका १२ वटा टोलका ११ वटा सांस्कृतिक समूहहरू सहभागी भएका थिए ।

    Untitled design (57).jpg

    गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागी समूहहरुले बालविवाह गर्दा उत्पन्न हुने समस्या, त्यसको असरहरू, एवम् कानूनमा भएको व्यवस्थाको बारेमा आ–आफ्नो समूहको प्रस्तुत गीत तथा नृत्यको माध्यमबाट जानकारी दिने प्रयास गरेका थिए ।

    कार्यक्रममा सहभागी सम्पूर्ण समूहलाई नगद २ हजार रुपैयाँ नगद र प्रशंसा पत्रले सम्मान गरिएको थियो भने सहयोगी संघसंस्थाहरुलाई गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी.ले कदरपत्र प्रदान गरेका थिए । 

    Untitled design (42).jpg

    कार्यक्रममा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी., प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, ६ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका तथा वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू र १२ वटै टोलका बडघर तथा स्थानीयहरुरुको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थितहरुले बालविवाह न्यूनीकरणका लागि जारी गरिएको ११ बुँदे प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गरेका थिए । (मध्यान्ह बाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij