Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ज्येष्ठ नागरिकहरुलाई सम्मान

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर गेरुवा गाउँपालिका ५ नं. वडाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । 


    ADVERTISEMENT

    images

    Untitled design (74).jpg

    गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दलगायतले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । वडा नं. ५ का ८० वर्षमाथिका ८५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा अध्यक्ष धर्म प्रकाश थारुले बताए ।

    पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उनीहरुलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन वडाले विनियोजित गरेको रकम खर्चेर सम्मान गरिएको वडा अध्यक्ष थारुले जानकारी दिए । (मध्यान्हवाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij