Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

खानेपानी, सरसफाइ तथा स्वच्छता संरचनाहरूको मर्मत सम्भारकालागि तालिम

  • बर्दिया टुडे
  • 916
    SHARES
  •  

    गेरुवा गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता संरचनाहरूको मर्मत सम्भारका लागि तालिम प्रदान गरिएको छ । गाउँपालिकाका वडा नं ५ र ६ का विद्यालयका वास फोकल पर्सन र कार्यालय सहयोगी तथा स्वास्थ्य संस्था, वडा कार्यालय र पालिकाका कार्यालय सहयोगीहरुलाई मर्मत सम्भार कार्यकर्ता तालिम दिइएको हो ।


    ADVERTISEMENT

    images

    खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धमा मर्मत सम्भार कार्यकर्ता, वास फोकल शिक्षक, प्रधानाध्यापक, तथा अभिभावकहरूको जिम्मेवारीको बारेमा जानकारी गराउँदै विद्यालयमा खानेपानी तथा सरसफाइ संरचनाहरूको नियमित मर्मत सम्भार गरी प्रयोगमा ल्याउन एवम् मर्मत सम्भार कार्यकर्तालाई मर्मत सम्भार सम्बन्धी आवश्यक ज्ञान सीप उपलब्ध गराउने उद्देश्यले तालिमको आयोजना गरिएको गेरुवा गाउँपालिका खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाका शाखा प्रमुख रमेश बजगाईँले बताउनु भयो ।

    Untitled design (63).jpg

    तालिमबाट सहभागीहरूले मर्मत सम्भारका लागी चाहिने आवश्यक औजारहरूको बारेमा जानकारी पाउने छन् । र मर्मत सम्भार र मर्मत सुधार कोषको महत्वको बारेमा जानकार हुने बजगाईँले बताउनु भयो । 

    तालिमको सहजिकरण वाटर एडका इन्जिनियर रबिन्द्र गोदार र गेरुवा गाउँपालिका खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाका शाखा प्रमुख रमेश बजगाईँले गर्नु भएको थियो । तालिममा सहभागीहरूलाई प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा ११ वटा विद्यालय र २ वटा स्वास्थ्य संस्था, पालिका तथा वडा कार्यालय बाट जम्मा २८ जनाको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij