जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागी विभिन्न सचेतना मूलक काम गर्दै आएको छ। पछिल्लो अवस्थामा सवारी दुर्घटना बढिरहेका बेला विद्यालय स्तरीय सचेतना कार्यक्रम गर्नु का साथै गाऊ बस्ती र सडकबाट पनि ट्राफिक सचेतना बढाऔं भन्ने उद्देश्यले बर्दिया ट्राफिकले सचेतना कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सुधीर खड्काले यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित भई बर्दिया ट्राफिक मातहतका सबै पोष्टहरूले सचेतना मूलक काम गर्दै आएको बताउनु भयो। खड्काले दिनानुदिन सवारी दुर्घटना बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतनाका कार्यक्रमलाई तीव्रता दिएको समेत बताउनु भयो ।
ट्राफिक नियमको सही पालना गरी साधन चलाए दुर्घटनामा कमी आउने प्रहरी जवान कृष्ण डाँगी ले बताउनु भयो । सडक विस्तार सँग सँगै गाऊ घरका मानिसहरूलाई बाटोको सही प्रयोग सम्बन्धी जानकारी नहुँदा पनि दुर्घटना हुने गरेको डाँगीले बताउनु भयो । बर्दिया ट्राफिक प्रहरीले यसलाई मध्यनगर गरेर नै विभिन्न सचेतना मूलक कामको थालनी गरेको डाँगी ले बताउनु भयो।
जिल्ला ट्राफिक बर्दिया अन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट मधुवन नगरपालिका सानोश्रीका पोस्ट इन्चार्ज प्रहरी हवल्दार देवेन्द्र बहादुर साउद ले आफू मातहतका विद्यालयहरूमा गई विद्यार्थी शिक्षकका साथै अभिभावकहरू मा विभिन्न चेतना मूलक कार्यक्रम गरिएको बताउनु भयो । सचेतना कार्यक्रम निकै प्रभावकारी हुदै गएको साउदले बताउनु भयो ।
आज भोलि सबैले ट्राफिक नियमको पालना गरी राखेको प्रहरी जवान प्रेम मुराउले बताउनु भयो । सानोश्रीका पोस्ट इन्चार्ज प्रहरी हवल्दार देवेन्द्र बहादुर साउद को निगरानीमा अहिले मधुवन नगर पालिका का विभिन्न विद्यालय लगायत सडक सुरक्षा सम्बन्धी चेतना मूलक कार्यक्रम हुँदै आएको मुराउ ले बताउनु भयो ।
६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियामा प्रहरीले सचेतनाका कार्यक्रमलाई तीव्रता दिएको अस्थाई ट्राफिक पोष्ट मैनापोखरका प्रहरी नायब निरीक्षक मोहन कुमार चन्द ले बताउनु भयो । पछिल्लो अवस्थामा बर्दिया ट्राफिक प्रहरीले पूर्व पश्चिम राजमार्गसँगै भित्री सडकमा सवारी दुर्घटना बारे विद्यालय स्तरीय, सवारी चालक, सहचालक लगायत सर्वसाधारण हरूलाई ट्राफिक नियम पालनासम्बन्धी सचेतना का कार्यक्रमहरू गर्दै आएको छ।