Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रणनैतिक योजना सम्बन्धी कार्यशाला बर्दियाको ठाकुरबाबामा सम्पन्न

  • 1.4K
    SHARES
  •  

    लैङ्गिक न्यायप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत रणनैतिक योजना सम्बन्धी कार्यशाला बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    द्वन्द्वपीडित तथा महिलाहरूलाई सामाजिक तथा सांस्कृतिक रुपमा स्थापित गर्दै लैङ्गिक विभेदको परम्परागत मान्यतालाई परिवर्तन गर्नुका साथै उनीहरूको सामाजिक , सांस्कृतिक र मनोसामाजिक सशक्तीकरण नेतृत्व विकासका लागी योगदान पुऱ्याउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको नागरिक आवाजका हरि धामीले बताउनु भयो।

    नागरिक आवाज र थारू महिला उत्थान केन्द्रले नेतृत्वमा आउन नसकेका महिलाहरूमा सीप विकास र परिवर्तनका लागी महिला शान्ति सहजकर्ताको सहयोगमा मनोविमर्श, स्वास्थ्य उपचार र सीपमूलक सहयोग गर्ने उद्देश्यले बर्दिया को ५ पालिकामा सन २०२० देखी काम गर्दै आएको थारू महिला उत्थान केन्द्र कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताउनु भयो ।

    Untitled design (56).jpg

    संस्थाले बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा द्वन्द्वपीडित श्रीमान बेपत्ता पारिएका महिलाहरू , हिंसा र मानसिक समस्यामा परेका महिलाहरूका लागी काम गर्दै आएको छ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै संस्थाको कार्ययोजना प्रशंसनीय रहेको बताउँदै कार्यक्रमकोको समायावधि थप्नु पर्ने गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.ले बताउनु भयो । ५ पालिकाका जनप्रतिनिधिहरूलाई एकै ठाउँमा राखी गरेको कार्यक्रमले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको के. सी. को भनाई थियो ।

    लैङ्गिक न्यायप्रति उत्तरदायित्व कार्यक्रम अझै वृहत रुपमा लैजानु पर्ने गेरुवा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष निर्मल चौधरीले बताउनु भयो। वहाँले धेरै परिवारका सदस्यहरू अझै पनि सेवा लिन वञ्चित भएको महसुस गरेको बताउँदै यसको कार्यक्षेत्र विस्तार गर्दै अन्य पालिकालाई समेत समेट्नु सुझाव दिनु भयो।

    Untitled design (42).jpg

    सबैले हातेमालो गर्दै जान सकिएमा सफलता पाउन सकिने कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बिष्टले बताउनु भयो । विष्टले पछिल्लो अवस्थामा जिल्लामा लागूऔषधले विकराल रूप लिन थालेको बताउँदै संस्थाले समुदाय ,विद्यालय स्तर जनचेतना मूलक काम गर्न सुझाव समेत दिनु भयो।

    कार्यक्रमको प्रस्तुतीकरण तेजमणि पन्थ ले गर्नु भएको थियो भने कार्यक्रममा जनप्रतिनिधि ,जिल्ला समन्वय समिति बर्दियाका उप प्रमुख अनीता यादव, संस्थाका सहजकर्ता , आमसञ्चारकर्मीको उपस्तिथी रहेको थियो।

    आश्विन १० गते र १२ गते भएको कार्यक्रममा कार्यक्रमको दिगोपना तथा रणनितिक योजना बारे छलफल भएको जनाइएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij