मर्यादित काम, श्रमिकको सम्मान हाम्रो अभियान भन्ने नारा सहित बर्दियाको राजापुरमा शुक्रवार श्रमिकहरूले दवाव मूलक ऱ्याली निकालेका छन ।
मुक्तकमैया समाज राजापुर नगर समिति र कचहरी केन्द्र राजापुरको संयुक्त आयोजनामा श्रमिकहरूले ऱ्याली निकालेका हुन।
समान कामका लागि समान ज्याला र श्रम अधिकार सम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड सहित राजापुरको टेडिया वाट निस्किएको ऱ्यालीले नगर परिक्रमा गरि राजापुर चोकमा गई कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई मुक्तकमैया समाज राजापुर नगर समिति अध्यक्ष जगतराम थारू, कचहरी केन्द्र राजापुरका अध्यक्ष गुलिया थारू लगायतले सम्बोधन गर्नु भएको थियो ।
यस अधी ऱ्यालीले राजापुर नगरपालिका पुगी स्मरण पत्र समेत बुझाएको थियो ।
कोण सभा लाई सम्बोधन गर्दै वक्ताहरूले श्रमिकको ज्याला जिल्ला दररेट अनुसार कायम गरिनु पर्ने , समान कामको समान ज्याला निर्धारण गरिनु पर्ने लगायत श्रमिकको बिमा र सुरक्षाका विषयमामा आवाज उठाएका थिए।