Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महिनावारी हुँदा बालिकाहरूले कक्षा छाड्ने दर रोकियो

  • 1.4K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिका अन्तरगतका विद्यालयहरूमा महिनावारी हुँदा बालिकाहरूले कक्षा छाड्ने दर रोकिएको छ । जिल्ला तथा पालिका स्तरीय सरोकारवालाहरूले गरेको विद्यालय अनुगमनका क्रममा कक्षा छाड्ने दर रोकिएको पाइएको हो । 


    ADVERTISEMENT

    images

    अनुगमनका क्रममा विद्यालयमा बालबालिकाहरूअनुशासित भई सिकाइ कृयाकलापमा सक्रिय सहभागिता जनाउने र खुलेर आफ्ना समस्या राख्ने गरेको समेत पाइएको छ ।

    1727147563017.jpg

    प्लान इन्टरनेशनल र भेरी वातावरणीय विशिष्‍टता समुह (बि ग्रुप ) को साझेदारीमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजना सञ्चालित विद्यालयहरूमा यस्तो पाइएको हो । परियोजनाले गेरुवा गाउँपालिकाका माध्यfमिक र आधारभूत गरी ९ वटा विद्यालय समेटेको छ ।

    परियोजना मार्फत ति विद्यालयहरूमा शिक्षकहरूको क्षमता विकास कार्यशाला (सुरक्षित विद्यालय, समावेशी विद्यालय, महिनावारी व्यवस्थापन, खानेपानी सरसफाइ, वृहत सुरक्षा सम्बन्धी तालिम महिनावारी आराम कक्षा सहयोग, विपन्न बालबालिकाहरूका लागी सामाग्री सहयोग, सिकाइ उपलब्धि कमजोर भएका बालबालिकाहरूका लागी उपचारात्मक कक्षाहरू सञ्चालन जस्ता कृयाकलापहरु गरिएको थियो ।

    1727147504498.jpg

    विगतमा वर्षहरूमा विद्यालयमा बालिकाहरू महिनावारी हुँदा घरमा जाने भाग्ने र कक्षा छाड्नेकाे सङ्ख्या धेरै थियो अहिले विद्यालयमा महिनावारी कक्ष निर्माण भए पछि बालिकाकाहरुले कक्षा छाड्ने दर बन्द भएको सरस्वती आधारभूत विद्यालय बिन्द्राका प्रधानाध्यापक योगेन्द्र प्रसाद चौधरीले जानकारी दिए । उनले सिकाइ उपलब्धि कमजोर भएका बालबालिकाहरूको उपचारात्मक कक्षाले सिकाइ उपलब्धि बढाउनका लागी धेरै मद्दत पुगेको बताउँदै परियोजनाका कारण विद्यालयमा बालमैत्री वातावरण निर्माण गर्नका लागी शिक्षकको सिकाइ कृयाकलापमा परिर्वतन आएको बताए । 

    IMG-20240923-WA0029.jpg

    परियोजनाले गुणस्तरीय शिक्षाका लागी ठूलो टेवा पुऱ्याएको बताउँदै सरस्वती आधारभूत विद्यालय जोधिपुरका प्रधानाध्यापक नारायण प्रसाद शर्माले परियोजना सञ्चालन भएपछि बालबालिकाहरूले उमेर नपुगी गर्ने बालविवाहको जोखिम कम गर्दै भाग्ने दरमा पनि कमी आएको बताए । 

     परियोजनाले समेटेका विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन विद्यालय आचार संहिता निर्माण गरिएको र त्यसलाई पालना गर्न गराउन बेला बेलामा अन्तरकृया गर्ने गरिएको, विद्यालयमा गुनासो सुनवाइका लागी सुझाब पेटीका राखी प्राप्त हुने गुनासाहरूलाई सम्बोधन गर्न समिति निर्माण गरि गुनासाहरूलाई सम्बोधन गर्ने प्रयास गरिएको र घरमा सिकाइ कुना निर्माणका लागी अभिप्रेरित गर्ने गरिएको पाइएको छ । 

    1727147546002.jpg
    undefined

    अनुगमनका क्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख सूर्य बहादुर खत्रीले परियोजना मार्फत आर्जन भएका ज्ञान र सीपको प्रयोग लाई व्यवहारमा निरन्तरता दिदैँ परिणाम ल्याउन सकिने किसिमले अगाडि बढ्न शिक्षकहरूलाई आग्रह गरे । 

    गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के .सी . ले परियोजनाले शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिका लाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै परियोजनालाई क्रमश: बाँकी अन्य विद्यालयहरुमा लैजान आग्रह गरे । 

    1727147521584.jpg
    undefined

    अनुगमनमा गाउँपालिका अध्यक्ष जमान सिंह के.सी., उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, जिल्ला शिक्षा समन्वय ईकाई बर्दियाका इकाई प्रमुख सूर्य बहादुर खत्री, शाखा अधिकृत शेर बहादुर रोका गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज अधिकारी, महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमा पुन मगर, परियोजना सम्बद्ध संस्थाका पदाधिकारी तथा कर्मचारी लगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij