Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गुलरियामा एकीकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सम्पन्न

  • 1.2K
    SHARES
  •  

    बर्दियाको गुलरिया नगरपालिकामा सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षकहरूलाई लक्षित गरेर सञ्चालन गरिएको एकीकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल द्वारा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिने कार्यशाला बिहीवार सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    शिक्षकहरूलाई विद्यार्थीहरूको सिकाइ प्रकृया तथा मल्याङ्कन पद्धतिमा सहजता ल्याउन तथा सकारात्मक लैगिंक अभ्यासहरूको सिकाइ, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धी सोँचहरुमा परिवर्तन ल्याउन, विद्यार्थीहरूको व्यवहारमा परिवर्तन, नैतिक शिक्षामा जोड दिदैँ विद्यार्थीहरूको सृजनशीलता सीप विकास, नव परिवर्तन तथा वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाइ उपलब्धि प्राप्त गर्नमा सहयोग पु¥याउनुका साथै विद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कार्यशालाको अयेजना गरिएको शसक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु भयो ।

    0c33b7b7-00d8-433c-87d8-f7ce6d8bb787.jpeg
    undefined

    कार्यशालामा गुलरिया नगरपालिका ४६ वटा सामुदायिक विद्यालयका १४० जना प्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यशालाको सहजिकरण मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल तथा ठाकुरबाबा नगरपालिका शिशु बाल मन्दिरका प्रधानाध्यापक शङ्कर प्रसाद आर्चायले गर्नुभएको थियो ।

    कार्यशालाले  एकीकृत पाठ्यक्रममा मल्याङ्कन पद्धति तथा व्यवहारिक शिक्षण सिकाइ तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउनमा सहयोग पु¥याउने सहभागीहरूले बताए । उनीहरूले नगरपालिकाले विद्यालयमा विद्यार्थीको सङ्ख्या अनुसार शिक्षकहरूको व्यवस्थापन नर्गदा मल्याङ्कन पद्धतिलाई पूर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको वर्तमान अवस्थामा कार्यशालाले मल्याङ्कन पद्धती लाई सहज बनाउन सहयोग गर्ने बताए ।

    कार्यक्रममा बाँके युनेस्को क्लबका परियोजना कार्यक्रम अधिकृत ईश्वर बि. क., अनुगमन तथा मल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड सुपरभाइजर भगवती बि. क. को समेत उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij