बर्दियाको मधुवन नगरपालिकामा "ज्ञान, विज्ञान, सीप, उधम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता" भन्ने नारा सहित शिक्षा दिवस २०८१ विविध कार्यक्रम बिच बुधबार सम्पन्न भएको छ।
बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (वि - ग्रुप) बाँकेको सहकार्य तथा मधुवन नगरपालिकाको आयोजनामा शिक्षा दिवस २०८१ सम्पन्न गरिएको परियोजना फिल्ड सुपरभाइजर गंङ्गा गुरुङ्गले जानकारी दिनुभयो ।
शिक्षा दिवसको अवसरमा "लागू औषध दुर्ब्यवशनी नियन्त्रणमा युवाको भुमिका " विषयक माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएकोमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं. ३ का छात्रा श्रीतिका भट्टराई प्रथम, शिव दुर्गा माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं. ८ का छात्रा आकृति वली दोस्रो र संस्थागत विद्यालय अरनिको बोर्डिङ्ग स्कुलका छात्र सरोज वली तृतीय स्थान प्राप्त गरेका थिए । प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थी लाई प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
शिक्षा दिवसकै अवसर पारेर सामुदायिक विद्यालय तर्फ एस. ई. ई. मा सबैभन्दा बढी जि. पि. ए. ल्याउने शिव दुर्गा माध्यामिक विद्यालय मधुवन नगरपालिका वडा नं. ८ लाई नगद ३ लाख रुपैयाँद्वारा सम्मानित गरिएको थियो र विभिन्न विद्यालयका विषयगत शिक्षक पुरस्कृत गरिएको थियो । त्यस्तै नगरमा कक्षा ८ को परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने शहिद आधारभूत विद्यालय मधुवन नगरपालिका वडा नं. २ गंगापटुवालाई नगद २ लाख रुपैयाँ प्रदान गरि सम्मान गरिएको मधुवन नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले जानकारी दिनुभयो।
शिक्षा दिवसको अवसरमा विद्यालयहरुमा शैक्षिक, भौतिक तथा नितिगत सुधार कार्यहरुमा अतुलनीय योगदान पुर्याएके भन्दै भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) नेपालगन्ज बाँके लगायत विभिन्न सङ्घसंस्थाहरूलाई सम्मान गरीएको थियो भने १६ जना सेवानिवृत शिक्षकहरूलाई समेत दोसल्ला ओढाई सम्मान गरीको थियो । शिक्षा दिवस कार्यक्रममा प्रमुख अतिथी मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, विशिष्ट अतिथि उपप्रमुख अनिता चौधरी अतिथि ९ वटै वडाका वडा अध्यक्षहरु, सामुदायिक र संस्थागत विद्यालयका शिक्षक विध्यार्थी, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको थियो।